`

स्याङ्जामा पहिरोमा पुरिएर बेपत्ता वृद्धाको शव फेला

वालिङ (स्याङ्जा) ।  स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ । शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता भएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसोदेखि उद्धार तथा खोजी जारी राखेका थिए । पहिराले घर पुरिँदा घरमै बसेकी मल्ललाई पुरेको थियो । उक्त घरमा सासूबुहारी बस्दै आउनुभएको थियो । पहिरो खस्दाखस्दै बुहारी रिता मल्लको भने भागेर ज्यान जोगिएको थियो ।

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।
        
उक्त विधेयकलाई पारित गरियोस् भनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
        
सांसद सोनाम ग्याल्जेन शेर्पाले बफर क्षेत्रका स्थानीय जनताले लगानी गर्न चाहेमा कुन ढाँचाबाट लगानी गर्ने भन्ने स्पष्ट गर्नुपर्ने माग गरे ।

सांसद तुलप्रसाद विश्वकर्माले वन ऐनको विद्यमान व्यवस्थालाई ध्यान दिएर लगानी सहजीकरणसम्बन्धी कानुन ल्याउन आग्रह गरे । 

सांसद भगवती न्यौपानले मध्यवर्ती क्षेत्रमा आयोजना वा उद्योग व्यवसाय सञ्चालन गर्दा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिइन् ।
        
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले लगानी सम्मेलनका बेला व्यक्त प्रतिबद्धताअनुरुप लगानी प्रवर्द्र्धन गर्न उक्त कानुनको आवश्यकता रहेकाले अध्यादेशमार्फत कानुन जारी गरिएको जनाउँदै राष्ट्रिय निकुञ्ज ऐन, २०३९ र वनसम्बन्धी कानुनलाई आयोजना सञ्चालनको सहजता हेरेर समयानुकूल संशोधन गर्नुपर्ने भएकाले मूल कानुन संशोधनका समयमा थप छलफल हुने स्पष्ट पारिन् ।

प्रतिनिधिसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन (आव २०७९/८०) पेस भएको छ । सभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रतिवेदन पेस गरे ।


प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराए ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको बेहोराबारे जानकारी दिएका थिए ।

प्रधानमन्त्रीले प्वाल पारिसकेको डुङ्गामा नबस्न रास्वपालाई योगेश भट्टराईको सुझाव

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश संकटमा पर्न थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेलाई बाहिरै राखेर कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गरेको समेत आरोप लगाए ।

उनले भने, ‘हामीले गाइँगुइँ के सुन्यौँ भने प्रधानमन्त्रीले कांग्रेसलाई बोलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर प्रस्ताव गर्नुभयो । राष्ट्रिय सहमतिको सरकार बन्ने कुरा नराम्रो होइन तर त्यसबेला एमालेलाई बाहिरै राख्ने भन्नेखाले कुरा भएको सुन्यौँ ।’

उनले प्रधानमन्त्री प्रचण्डले चाँडै नै राजीनामा दिँदा उचित हुने समेत बताए । उनले भने, ‘हामीले एक पटक फेरि फर्केर हेर्ने बेला भएको छ । ०४६ सालको जनआन्दोलनमा नेकपा एमाले र कांग्रेसबीच सहकार्य नभएको भए देशमा बहुदलीय व्यवस्था आउँदैनथ्यो । तर २८ गतेसम्म प्रधानमन्त्रीले के कुर्नुभएको हो थाहा छैन ।’

सचिव भट्टराईले प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई ढिलागरी प्रधानमन्त्रीको प्रस्ताव गरेको बताए । उनले भने,‘असार १८ गतेजस्तो लाग्छ, उहाँले हाम्रो अध्यक्षलाई बोलाएर यही गठबन्धनबाट प्रधानमन्त्री बन्नुस् भन्नुभयो । तर, त्यसबेला निकै ढिलो भइसकेको थियो ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रधानमन्त्री प्रचण्डलाई समर्थन नगर्न आग्रह गरे ।उनले रास्वपाले प्रधानमन्त्रीलाई साथ दिइरहँदा अरुलाई पद र गरिमाका विषयमा उठाएको प्रश्नले सार्थकता नपाउने बताए ।

उनले भने, ‘म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु । उहाँहरु सत्तापक्षमा बस्नुभएको छ । उहाँहरुको पार्टीको निर्णय र इच्छा हो । हामीले भन्नु केही छैन । तर प्रधानमन्त्रीले प्वाल पारिसकेको डुङ्गामा बसिरहनु भएको छ भने तपाईहरु कता जाँदै हुनुहुन्छ । एक पटक सोच्नुहोला ।’

जीबी राईलाई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमालाले स्वागत गर्छौः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसांसद ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईलाई पक्राउ गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्रीलाई आफूहरुले फुलमालाले स्वागत गर्ने बताए । पुराना राजनीतिक दल र तिनका नेताहरुले देश बर्बाद पारे भन्दै जनमत पाएको भएपनि रास्वपा पनि उही बाटोमा हिंडेको उनले आरोप लगाए ।

उनले भने, ‘सभामुख महोदय, जात्रा हेरियो । पूरानाहरुले त गरे गरे, नयाँ साथीहरुलाई देख्दा थप अझै अचम्म लाग्छ मलाई । हामीलाई किन जिताएको जनताले ? ३३ वर्षदेखि पूराना नेताहरुले लुटे भनेर जनमत दिइएको हो । पद र प्रतिष्ठाका लागि हो जस्तो लाग्दैन । गृहमन्त्रीसँग केही माग्नु छैन । जीबी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा फुलमालाले स्वागत गर्छौं । निर्वाचित भएको ७२ घण्टाभित्र निर्मला पन्तका हत्यारा पक्राउ गर्छु भनेपछि जनताले मत दिएर जिताएका हुन् ।’

उनले गृहमन्त्री फाइल खोल्छु भन्दै धम्क्याएर हिँडेको भन्दै बाँकी रहेको अवधीमा फाइल खोल्नेर देखाउन चुनौती दिए । उनले भने, ‘आज सरकारमा गएको एक सय २४ दिन भयो । सत्ता उहाँको हातमा छ । गृहमन्त्री हुनुहुन्छ । खै के भयो ? फाइल खोल्छु भन्दै धम्की दिँदै हिँडनुभएको छ । अझै सात दिन बाँकी छ । फाइल खोल्नुस् न । हामी साथ दिन्छौं।’

एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल प्रतियोगिताको उपाधि

काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष र सुदूरपश्चिम महिलामा च्याम्पियन बनेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद सङ्घको व्यवस्थापनमा कैलालीको अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३९–२० ले पराजित गर्यो ।

गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउदै तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० ले पाखा लगायो । लुम्बिनीले कर्णाली प्रदेशलाई १२–८ ले पन्छउँदै तेश्रो बन्यो ।

विजेतालाई राखेपकी सदस्य एवम् प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद सङ्घकी अध्यक्ष देवी आचार्यलगायतले पुरस्कार प्रदान गरे । 

सिड्नीमा घरेलु हिंसाको आरोपमा पपुवा न्यूगिनीका मन्त्री पक्राउ

पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिनालाई अस्ट्रेलियाको सिड्नीमा घरेलु हिंसाको आरोपमा पक्राउ गरिएको छ ।

पूर्वी सिड्नीको उपनगर बोन्डीमा पक्राउ परेका मन्त्रीलाई घरेलु हिंसाको अभियोग लगाइएको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले उल्लेख गरेको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान करिब १० बजे घरेलु विवादपछि प्रहरीलाई बोन्डीस्थित एक घरमा बोलाइएको थियो ।

आरोपित ५८ वर्षीय पुरुषसँग भएको विवादपछि ३१ वर्षीया एक महिलालाई चोट लागेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा अधिकारीले ती महिलासँग कुराकानी गरेका थिए ।

महिलासँगको कुराकानीपछि मालादिनालाई गिरफ्तार गरिएको थियो र प्रहरी चौकीमा लगिएको थियो । उनीविरूद्ध वास्तविक शारीरिक क्षति पुर्याएको आरोपबारे अनुसन्धान भइरहेको छ ।

एबीसीले मालादिनाको बयानलाई उदृत गर्दै भनेको छ, “उहाँले अनुसन्धानमा सहभागी भएर अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहनुभएको छ ।’ मन्त्रीलाई सशर्त जमानत दिइएको र बिहीबार अदालत उपस्थित गराउने बताइएको छ ।

गाजा युद्ध १० औँ महिनामा प्रवेश, ३८ हजारको मृत्यु

हमासले दक्षिणी इजरायलमा गत बर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा युद्ध सुरू गरेको आइतबार १० औँ महिना पूरा भएको छ ।

यो अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।

हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने लडाकू समूहले २५० जना बन्धक बनाएको थियो । युद्ध विराम र कैदी आदान प्रदान सम्झौतापछि हमासले १०० भन्दा बढी व्यक्तिलाई रिहा गरेका थिए भने यसको तेब्बर सङ्ख्यामा प्यालेष्टिनी बन्दी रिहा भएका थिए ।

हिंसा रोक्नको लागि नयाँ कुटनीतिक प्रयासहरू जारी छन् । इजरायलले कतारको दोहामा हालै सुरु भएको युद्धविराम वार्तालाई निरन्तरता दिन आगामी दिनमा एक प्रतिनिधिमण्डल पठाउने बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता कसरी गर्ने भन्ने विषयमा हमाससँग ‘भिन्नता’ कायमै रहेको बताएका छन् ।

“वार्तालाई निरन्तरता दिन अर्को हप्ता इजरायली वार्ताकार दोहा जाने सहमति भएको छ । इजरायली राजनीतिक पार्टीहरूबीच युद्धलाई हेर्ने सम्बन्धमा अझै पनि मतभिन्नता छ,” प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच गाजामा जारी द्वन्द्व निरन्तर जारी रहेको प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार इजरायली आक्रमणमा मारिएका दुई बालबालिकासहित छ जनाको शव मध्य शहर देइर अल–बलाहस्थित अल अक्सा शहीद अस्पतालमा आइपुगेको जनाएको छ ।

गाजा शहरको उत्तरी क्षेत्रमा रहेको एक घरमा इजरायली आक्रमणमा परी छ जनाको मृत्यु भएको पनि पारामेडिक्सले जानकारी दिएका छन् ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले मध्य गाजाको नुसिरातमा विस्थापितलाई आश्रय दिइरहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) ले सञ्चालन गरेको विद्यालयमा भएको आक्रमणमा परी १६ जनाको मृत्यु भएको जनाएको थियो ।

इजरायली सेनाले आफ्नो विमानले अल–जवानी विद्यालय वरपर सक्रिय ‘आतङ्ककारी’लाई निशाना बनाएको बताएको छ ।

सेनाले यसअघि गाजापट्टीको उत्तरमा शुजैया, दक्षिणमा देइर अल–बलाह र रफाहलगायत अधिकांश क्षेत्रमा अभियान सञ्चालन गरेको बताएको थियो ।

शुजैया ती क्षेत्रहरूमध्ये एक हो जुन सेनाले पहिले हमासबाट मुक्त भएको घोषणा गरेको थियो, तर यहाँ फेरि युद्ध सुरु भएको छ ।

हमासको प्रेस कार्यालय र पारामेडिक्सले स्थानीय सञ्चारमाध्यममा कार्यरत चार जना पत्रकारको शनिबार राति भएको आक्रमणमा मारिएको र युएनआरडब्लुएले आफ्ना दुई कर्मचारीको मृत्यु भएको जनाएको छ ।

गाजामा वितरण गरिने अधिकांश सहायताको समन्वय गर्ने यूएनआरडब्लुएले युद्धमा आफ्ना १९४ जना कर्मचारीको मृत्यु भएको जनाएको छ ।

कतार र इजिप्टसँगै युद्धविराम वार्ताको मध्यस्थता गरेको संयुक्त राज्य अमेरिकाले दुवै पक्षका लागि ‘निकै महत्वपूर्ण खुलापन’ भएको भन्दै सम्झौताको सम्भावनाबारे कुरा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मे महिनामा युद्धविराम सम्झौताको मार्ग प्रशस्त गर्ने घोषणा गरेका थिए ।

यसमा प्रारम्भिक छ हप्ताको युद्धविराम, गाजाको जनसङ्ख्या केन्द्रबाट इजरायली सेना फिर्ता र प्यालेस्टाइनी लडाकूद्वारा बन्धक बनाइएका बन्धकहरूलाई मुक्त गर्नु समावेश थियो ।

वार्ता पछि रोकियो, तर एक अमेरिकी अधिकारीले बिहीबार दिएको जानकारी अनुसार हमासको नयाँ प्रस्तावले प्रक्रियालाई अगाडि बढाउँछ र सम्झौतालाई बन्द गर्ने आधार प्रदान गर्न सक्छ ।

हात्तीको आक्रमणबाट श्रीलंकामा १३ जना घाइते

दक्षिणी श्रीलङ्कामा आयोजित एक धार्मिक शोभायात्राका क्रममा शनिबार रातिे हात्तीको आक्रमणमा करिब १३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

रुहुनु कटारागामा महादेवाला शोभायात्रा श्रीलङ्काको उवा प्रान्तको कटारागामामा आयोजित एक प्रमुख धार्मिक र सांस्कृतिक कार्यक्रम हो ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र कसैलाई पनि गम्भीर चोट नलागेको प्रहरीले जनाएको छ ।

रङ्गीन लुगाले सजाइएको हात्तीहरू श्रीलङ्काको धार्मिक कार्यक्रमहरूमा प्रमुख आकर्षण र परम्परा हुन् । तर यस्ता कार्यक्रममा हात्तीको आक्रमणका घटनाहरु सामान्य हुन् ।

हात्तीलाई शान्त पार्न शोभायात्रामा चर्को आवाज नगर्न प्रहरीले आग्रह गरेको छ ।

भारत प्रशासित काश्मिरमा गोली हानाहानमा आठ जनाको मृत्यु

भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतबार जनाएको छ ।

काश्मिरका प्रहरी महानिरीक्षक विधि कुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाही’ गरिएको बताए ।

बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका र मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप जारी रहेको बताए ।

“हामीले मोडेरग्रामबाट दुई आतङ्ककारी र फ्रिसल चिन्निगामबाट अन्य चार आतङ्ककारीको शव बरामद गरेका छौं,” बिर्दीले भने ।

विवादित क्षेत्रमा आक्रमणको यो पछिल्लो घटना हो । भारत र पाकिस्तान दुवैले मुस्लिम बहुल कश्मिरलाई पूर्ण रूपमा आफ्नो क्षेत्र दावी गर्छन् र यसको नियन्त्रणका लागि तीन वटा युद्ध लडेका छन् ।

विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् । द्वन्द्वले दशौँ हजार नागरिक, सैनिक र विद्रोहीहरूको ज्यान लिएको छ ।

मधेश प्रदेशमा चार हजार भन्दाबढी एचआईभी सङ्क्रमित

जनकपुर । मधेश प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

मधेश प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रुपमा परीक्षण गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवम् वरिष्ठ भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्रले जानकारी दिए ।

उनले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताए । प्रदेश भर स्थापना भएका प्रयोगशालाबाट दीर्घ रोगको पहिचान तथा नियन्त्रण गरी प्रदेशवासीलाई स्वस्थ राख्ने अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

मधेश प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा मनिषकुमार पाण्डेले प्रदेशवासीलाई स्वस्थ बनाउन प्रयोगशालाको योगदान महत्वपूर्ण रहने धारणा राखे ।

कार्यक्रमका प्रमुख प्रशिक्षक सन्तोषकुमार यादव र युनिसेफका चन्द्रनारायण साह रहेका थिए ।  मधेश प्रदेशमा कोभिड–१९ का बेला स्थापना भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सेवा दिँदै आएको छ । अहिले सर्ने तथा नसर्ने रोगको सस्तो तथा सुलभ दरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिरहेको छ ।

राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई संसदबाटै दबाब

काठमाडौँ । प्रधानमन्त्री पदबाट राजीनामा दिन प्रचण्डलाई संसदमै दबाब परेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
        
यही असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको सन्दर्भमा दाहाल नेतृत्वको सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलले जोड दिएका छन् ।
        
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले  नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।        

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएको अहिलेको सरकार पदमा रहनु अशोभनीय भएको टिप्पणी गर्दै राजीनामा दिएर नयाँ  सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरे ।
        
सोही दलका सांसद रघुजी पन्तले बहुमत गुमाएका प्रधानमन्त्री दाहालको राजीनामा माग गरे ।

सांसदहरु बलमपाकी मगर, मैना कार्की र मेनकाकुमारी पोखरेलले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताए । उनीहरुले अब बन्ने सरकारलाई काम गर्न वातावरण सृजना गर्नुपर्ने बताए ।  
        
सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले भने विश्वासको मतको प्रस्ताव प्रस्तुत भएर असफल भएपछि प्रधानमन्त्री एक मिनेट पनि पदमा नबस्ने र संविधानअनुसार सरकार अघि बढ्ने स्पष्ट गरे  ।

तनहुँमा पहिरोले पुरिएका तीनै जनाको शव फेला

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एक जनाको शनिबार राति र दुई जनाको आइतबार बिहान शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरोले पुरिएर बेपत्ता भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको शव फेला परेको हो । शव परीक्षणका लागि अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए ।

हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरो खस्दै गर्दा घरभित्रका सामान स्थानीयले निकाल्ने क्रममा पुरिएर तीन जना बेपत्ता भएका थिए ।

पहिरोमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । 

नैतिकताका आधारमा प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः सांसद पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले प्रचण्डले बहुमत समर्थन गुमाइसकेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेको त्यसको एउटा नैतिक पक्ष हुन्छ, नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन । अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् । अहिले अल्पमतमा परिसकेपछि पनि संविधानको धारा ७६ को २ मा जान्छ कि ३ मा जान्छ त्यो राष्ट्रपति ज्यूको चिन्ताको विषय हो । उहाँको काम बहुमत नभएपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो ।’ 

संविधानले विश्वासको मत लिन पाउने अधिकार दिएको तर नैतिक पक्षले बहुतम गुमाइसकेपछि राजीनामा गर्नुपर्ने उनले बताए ।

कतै सरकार टिकिहाल्छ कि भनेर प्रचण्ड अझै भ्रममा हुनुहुन्छः सांसद बजगाईं

काठमाडौं । नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईले बाढी पहिरो प्रभावितहरूका लागि सरकारले काम गर्न नसक्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा रहेकाले सरकारले बाढीपहिरो पीडितहरुको राहत तथा उद्दार सरकारले काम गर्न नसक्ने बताएका हुन् ।

उनले कतै सरकार टिकिहाल्छ कि भनेर प्रधानमन्त्री प्रचण्ड अझै भ्रममा रहेको बताए । उनले भने, ‘द्वन्द्व सम्हालेर आएका प्रधानमन्त्री दबाबमा हुनुहुन्छ। दैविक प्रकोपमा सरकारले त्यति ध्यान दिन सकेको छैन। सक्ने पनि छैन। परिस्थिति पनि अप्ठयारो छ। सरकार कतै टिकिहाल्छ कि भनेर उहाँ ध्यानमा केन्द्रित हुनुहुन्छ ।’

अबिलम्ब राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनमा मागेको छ । आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणमा मार्गप्रशस्त गर्न आग्रह गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

अल्पमतमा परेको सरकारले निर्णय गर्ने हैसियत नराख्ने भएकाले प्रधानमन्त्रीलाई राजीनामा दिन एमालेले आग्रह गरेको छ । बर्तौलाले भने, ‘राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्गप्रशस्त गर्न आग्रह गरेका छौँ । अहिले सरकारले विभिन्न निर्णय गरिरहेको छ । अल्पमतमा परेको सरकारले निर्णय गर्न हैसियत राख्दैन । राजीनामा पहिलो माग हो ।’

यस्तै, एमालेले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन गर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिई उनको सरकार ढलेमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री हुने चर्चा चलिरहेका बेला एमाले संसदीय दलको बैठकले नयाँ सरकार कांग्रेस–एमालेको गठबन्धनबाट ७६(२) अनुसार हुने स्पष्ट पारेको हो ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार पहिलोचरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् । बाँकी अवधिमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । 

बाढी, पहिरो र डुबानमा परी १४ जनाको मृत्यु

काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । 


बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।


उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना गरी १४ जनाको मृत्यु भएको छ ।


काठमाडाँैस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज बिकको मृत्यु भएको थियो । पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका–५ का राज राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बस्ने जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ ।


त्यसैगरी पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका–७ बस्ने हिरा नेपाली, अनिशा वास्तोला, श्याम भण्डारी, स्याङ्जा बिरुवा गाउँपालिका–६ स्याङ्दी बस्ने गुईश्वरी शर्मा मरासिनी, माधव शर्मा, हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्वतको फलेबास नगरपालिका–१ कार्किनेटा बस्ने झलकप्रसाद शर्मा, तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका–६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका–८ बग्रपुर बस्ने मनियम चौधरीकोसमेत पहिरोमा परी मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।


बाढी र पहिरामा परी बेपत्ता हुनेमा दोलखा गौरीशङ्कर गाउँपालिका–९का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका–२ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यामिरेकी खेमकुमारी मल्ल रहेका छन् । हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुङ्गामा दुई जना, काठमाडौँमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा आज पनि प्रहरीले गस्ती तथा अनुगमन जारी राखेको छ । अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्यनजरगरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए ।


देशैभर तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौँ ।  सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला  एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि एक लाख ४५ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला  एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने  एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० रुपैयाँ निर्धारण भएको छ ।

महामारीले ल्याउने विश्व सङ्कट

डा अमृत बस्नेत ।
महामारी भनेको एउटा रोग वा सङ्क्रमण हो, जसले विश्वव्यापीस्तरमा वा ठूलो भौगोलिक क्षेत्रमा तीव्ररूपमा फैलिन्छ र धेरै सङ्ख्यामा मानिसलाई प्रभावित पार्छ । यसमा सामान्यतया नयाँ सङ्क्रामक रोग समावेश हुन्छन्, जसमा मानिससँग सङ्क्रमणसँग लड्ने प्रतिरक्षा कमजोर हुन्छ, जसले गर्दा व्यापक बिरामी/अस्वस्थ गराउँछ । महामारीले धेरै देशहरू वा महादेशलाई समेट्न सक्छ र रोगको फैलावटलाई नियन्त्रण गर्न र व्यवस्थापन गर्न अन्तर्राष्ट्रियस्तरमा समन्वित प्रतिक्रिया आवश्यक पर्छ । 


महामारीको घोषणा विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिन्छ ।जब कुनै महामारी विभिन्न देशहरूमा व्यापक रूपमा फैलिन्छ र नियन्त्रण गर्न चुनौतीपूर्ण हुन्छ। महामारीले मानव जनसङख्यालाई गहिरो रूपमा प्रभाव पार्छ । विगतमा यस्ता थुप्रै महामारीहरु भएका छन् । सन् १६५–१८०को एन्टोनिन प्लेग,सन् ५४१–५४२मा जस्टिनियन प्लेग,सन् ७३५–७३७ को जापनिज स्माल पक्स,सन् १३४७–१३५१ को ब्ल्याक डेथ महामारी,सन् १६२९–१६३१ को इटालियन प्लेग,सन् १९६५–१६६६ को ग्रेट प्लेग अफ लन्डन महामारी भएको थियो । यस्तै सन् १८१७–१९२३ को पहिलो हैजा, सन् १८२७–१८३५को दोस्रो हैजा महामारी,सन् १८३९–१८५६ को तेस्रो हैजा,सन् १८६३–१८७५ को चौथो हैजा महामारी,सन् १८८१–१८८६ को पाँचौं हैजा महामारी,सन् १८८९–१८९० को रसियन फ्लू र सन् १८९९–१९३३ को छैठो हैजा महामारी भएको थियो ।


सन् १९१८–१९१९ को स्प्यानिस फ्लू,सन् १९५७–१९५८ को एसियन फ्लू,सन् १९६१ देखि वर्तमानसम्म सातौँ हैजा, सन् १९६८–१९७० को हङ्कङ फ्लु,सन् १९८१ देखि वर्तमानसम्म एचआइभी एड्स,सन् २००२–२००३ को सार्स कोरोना भाइरस–१,सन् २००९–२०१० को स्वाइन फ्लु,सन् २०१४–२०१६ को इबोला,सन् २०१५ देखि वर्तमानसम्म मर्स महामारी रसन् २०१९ देखि वर्तमानसम्म कोभिड–१९ महामारीलाई लिन सकिन्छ ।


महामारीले जनसङ्ख्याको ठूलो हिस्सालाई असर गर्छ । महामारीका नतिजाहरू दूरगामी र बहुआयामिक हुन्छन्, जसले समाजका विभिन्न पक्षहरूलाई असर गर्छन्।महामारीहरूले बिरामी र मृत्युदरमा उल्लेखनीय वृद्धि गर्छन्। अस्पताल र क्लिनिकहरूले चिकित्सा आपूर्ति, उपकरण र कर्मचारीहरूको अभाव सामना गर्न सक्छन्, जसले उपचारको गुणस्तर घटाउँछ।महामारीबाट बचेकाहरूले दीर्घकालीन स्वास्थ्य समस्याहरूबाट ग्रस्त हुन सक्छन्।दीर्घकालीन थकान,अंग क्षति,मधुमेह,रगतको मात्रामा गिरावट,रगत जम्ने,प्लेट्लेट्स को मात्रा घट्ने,हृदयघात,स्ट्रोक, स्नायुसम्बन्धी समस्याहरू,रोग प्रतिरक्षा शक्तिमा हस कोभिडपछिका अवस्थामा देखिएका छन्।गम्भीर रोगप्रसारका कारण प्रभावित हुने व्यक्तिहरूमा डिप्रेसन र पोस्ट–ट्रामाटिक स्ट्रेस डिसअर्डर विकास हुन्छ। 


महामारीहको कारण आर्थिक गतिविधिमा उल्लेखनीय मन्दी आउन सक्छ।धेरै व्यवसायहरू, विशेषगरी साना व्यवसायहरू बन्द हुन सक्छन्, जसले व्यापक रोजगारी गुमाउनु र बेरोजगारी दरमा वृद्धि गराउँछ। लकडाउन,क्वारेन्टाइन र आइसोलेसन जस्ता उपायहरूले सामाजिक एकान्तमा वृद्धि गर्छन्, जसले मानसिक स्वास्थ्यलाई असर गर्छ र मानसिक समस्याहरू जस्तै मन आत्तिने,चिन्ता र डिप्रेशनको घटनाहरू वृद्धि गर्छ।विद्यालय बन्दले शिक्षा प्रणालीमा अवरोध पु¥याउँछ ।महामारीले प्रायः सार्वजनिक स्वास्थ्य नीतिहरू, आर्थिक प्रोत्साहन प्याकेजहरू र स्वास्थ्य सेवा नियमहरूमा परिवर्तनहरू सहित महत्वपूर्ण सरकारी हस्तक्षेपहरू निम्त्याउँछ। 


महामारीको कमजोर व्यवस्थापनले राजनीतिक अस्थिरता र नेतृत्वमा परिवर्तन ल्याउन सक्छ।घटाइएको औद्योगिक गतिविधि र यातायातले प्रदूषण र हरितगृह ग्यास उत्सर्जनमा अस्थायी कमी ल्याउन सक्छ । ठूलो जमघट समावेश गर्ने सांस्कृतिक र धार्मिक अभ्यासहरू परिवर्तन वा स्थगित हुन सक्छन्, जसले सामुदायिक र सांस्कृतिक जीवनलाई असर गर्न सक्छ। उपभोक्ता बानीहरूमा परिवर्तनहरू जस्तै डिजिटल प्लेटफर्महरू–ई–सेवा,फोन पे,खल्ती र ई–बैंकिङमा बढेको निर्भरता, महामारी पछि पनि जारी रहन सक्छ। यसले दुरदराजका मानिसहरूमा समस्या उत्पन्न गराउन सक्छ । भाइरसको फैलावटलाई नियन्त्रण गर्न निगरानी प्रविधिहरूको प्रयोगले तथ्याङ्क गोपनीयता र नागरिक स्वतन्त्रताहरूको बारेमा चिन्ता बढाउन सक्छ।


महामारीको पूर्वतयारीले सम्भावित महामारीलाई प्रभावकारी रूपमा रोक्न, पत्ता लगाउन र प्रतिक्रिया दिन उपायहरू, योजना र कार्यान्वयन समावेश गर्दछ। रोगको प्रकोपहरू निगरानी गर्न बलियो विश्वव्यापी निगरानी प्रणालीहरू स्थापना र कायम गरिनुपर्दछ। विश्व स्वास्थ्य सङ्गठन जस्ता संस्थाहरूले महामारी निगरानीमा निष्पक्ष र महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । बिरामीहरूको सङ्ख्यामा भएको वृद्धिलाई व्यवस्थापन गर्न स्वास्थ्य प्रणालीको क्षमता वृद्धि गर्नुपर्छ । स्वास्थ्यकर्मीलाई सङ्क्रमण नियन्त्रण अभ्यास र आपत्कालीन प्रतिक्रिया प्रक्रियाहरूमा नियमित रूपमा प्रशिक्षण दिनुपर्दछ।व्यक्तिगत सुरक्षा उपकरण,मास्क,सेनिटाइजर,औषधि र सुरक्षित खोपजस्ता आवश्यक चिकित्सकीय सुविधा उपलब्ध हुनुपर्छ । उन्नत उपकरण, उपचार र रोकथामका उपायहरू विकास र तैनाथ गरी ज्ञान र स्रोतहरू साझा गर्न अनुसन्धान र विकासमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिनुपर्छ ।


नवीनतम् वैज्ञानिक प्रमाण र उत्कृष्ट अभ्यासहरूमा आधारित सार्वजनिक स्वास्थ्य नीतिहरू लागू गर्नुपर्छ र नियमित रूपमा अद्यावधिक गर्नुपर्छ।रोकथाम उपायहरू, सङ्क्रामक रोगहरूका लक्षणहरू र प्रारम्भिक उपचारको महत्वको बारेमा समुदायहरूलाई शिक्षित र संलग्न गराउनुपर्छ । महामारीहरूको लागि एकीकृत प्रतिक्रिया सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारी र समन्वय संयन्त्रहरूलाई बलियो बनाउनु पर्दछ। महामारीको पूर्वतयारीका लागि विश्वव्यापी स्वास्थ्य पहलहरूमा पर्याप्त रकम र स्रोतहरू छुट्याउनु पर्दछ । सुरक्षित खोप, औषधि र निदान उपकरणको लागि नियामक मापदण्डहरूको सामञ्जस्यतामा काम गर्नुपर्छ ।विश्वासिलो स्रोतहरू र तथ्य जाँच संयन्त्रहरूमार्फत गलत सूचना र अफवाहहरू हुन दिनु हुँदैन । 


महामारीबाट प्रभावित व्यक्तिहरू र व्यवसायहरूलाई आर्थिक सहयोगको खाँचो पर्दछ । महामारीको समयमा जोखिममा रहेका जनतालाई सामाजिक सुरक्षा योजनाहरू बलियो बनाउनु पर्दछ । महामारीको समयमा सञ्चालन र आपूर्ति श्रृङ्खला कायम राख्न व्यवसायहरूलाई निरन्तरता योजना विकास गर्न प्रोत्साहन गर्नुपर्दछ । क्वारेन्टिन र आइसोलेसन जस्ता सार्वजनिक स्वास्थ्य उपायहरूलाई समर्थन गर्ने कानूनी ढाँचाहरू स्थापना र अद्यावधिक गरी स्रोतहरूको वितरण, उपचारको प्राथमिकता र अन्य महत्वपूर्ण निर्णयहरूको लागि स्पष्ट दिशानिर्देशहरू तयार गर्नुपर्ने हुन्छ । 


महामारीहरूले स्वास्थ्य क्षेत्र र चिकित्सकमा ठूलो दबाब पार्ने हुँदा स्वास्थ्य सेवा प्रणालीको बलियो पक्ष र कमजोरीहरू दुवै उजागर हुन्छन्। महामारीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न पर्याप्त, प्रशिक्षित र लचिलो स्वास्थ्यकर्मीहरूको टिम सुनिश्चित गर्नु महत्वपूर्ण छ। स्वास्थ्यकर्मीहरू, चिकित्सा विद्यार्थीहरू र स्वयंसेवकहरूलाई आवश्यक पर्दा परिचालन गर्न सकिन्छ। चिकित्सक स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमण नियन्त्रण अभ्यास, उच्च गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरणको विश्वसनीय आपूर्ति सुनिश्चित गर्नुपर्दछ र यसको सही प्रयोगमा प्रशिक्षण दिनुपर्दछ । 


नयाँ रोगहरूको उपचार प्रोटोकलहरूमा पनि निरन्तर प्रशिक्षण प्रदान गर्नुपर्दछ । चिकित्सक स्वास्थ्यकर्मीलाई आपत्कालीन प्रतिक्रिया प्रक्रियाहरू परिचित गराउन नियमित रूपमा महामारी अनुकरण अभ्यासहरू सञ्चालन गर्नुपर्दछ । स्वास्थ्यकर्मीहरूको तनाव, चिन्ता र मानसिक थकान व्यवस्थापन गर्न मनोवैज्ञानिक समर्थन,परामर्श सेवाहरू र प्रशिक्षण कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्दछ । स्वास्थ्य सेवा सुविधाहरूभित्र बिरामी र कर्मचारीहरूको सुरक्षा गर्न सङ्क्रमण नियन्त्रण प्रोटोकलहरू कडाइका साथ लागू गर्नुपर्दछ । प्रशासनिक कार्यहरू सुव्यवस्थित बनाउन र कार्यभार कम गर्न इलेक्ट्रोनिक स्वास्थ्य रेकर्ड र स्वचालित प्रणालीहरूजस्ता प्रविधिको प्रयोग गर्नुपर्दछ । चिकित्सक स्वास्थ्यकर्मीलाई उचित पारिश्रमिक र सुरक्षित काम गर्ने जस्ता प्रोत्साहन हुने खालका सरकारी नीतिहरू बन्नु पर्दछ । गैरमेडिकल कार्यहरूमा स्वास्थ्य सेवा सुविधाहरूलाई सहयोग गर्न समुदाय स्वयंसेवक कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । यी तथ्यहरुका आधारमा नेपालका स्वास्थ्य सेवा प्रणालीहरूले महामारीको लागि प्रभावकारी तयारी गर्नुपर्ने देखिन्छ । स्वास्थ्य सङ्कटको समयमा स्वास्थ्य सेवा वितरणलाई प्रभावकारी बनाउन तथा स्वास्थ्यकर्मी र बिरामीको मनोबल बलियो गराउन आवश्यक हुन्छ । 


महामारीले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा जनस्वास्थ्यलाई गम्भीर रूपमा प्रभावित गर्छ। महामारीले जनसङ्ख्या नियन्त्रणमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्न सक्छ तर विश्वका महाशक्ति राष्ट्रहरूले जान अनजानमा महामारीलाई अस्त्रको रुपमा प्रयोग गरी सामान्यतया जनसङ्ख्या नियन्त्रण विधिहरूको रूपमा पनि प्रयोग गर्ने गरेका छन्। महामारीको समयमा, आर्थिक अनिश्चितता, तनाव र स्वास्थ्य सेवामा अवरोधहरूले जन्म दरमा कमी ल्याउन सक्छ। भविष्यको चिन्ताका कारण व्यक्तिहरूले आफ्नो परिवार सुरु गर्न वा विस्तार गर्न ढिलाइ गर्न सक्छन्।महामारीले विशेषगरी वृद्धहरू,बालबालिका वा दीर्घरोग भएकाहरूमाउच्च मृत्यु दर निम्त्याउन सक्छ । यद्यपि, मृत्युदरमा भएको यो वृद्धिलाई सामान्यतया जनसङ्ख्या नियन्त्रणको रूप मानिदैन, किनकि यो जानाजानी मानव हस्तक्षेपको सट्टा रोगको परिणाम हो। महामारीले बसाइँसराइको ढाँचामा परिवर्तन ल्याउन सक्छ किनभने मानिसहरू प्रभावित क्षेत्रहरूबाट जोगिन वा राम्रो स्वास्थ्य सेवा पूर्वाधार भएका क्षेत्रहरूमा जान खोज्छन् । यी बसाइँसराइहरुले विभिन्न क्षेत्रहरूको जनसङ्ख्या घनत्वलाई असर गर्न सक्छ ।


संयुक्त राज्य अमेरिकामा प्रारम्भिक २० औँ शताब्दीमा फेरि पोलियो देखा परेको थियो।सन् २००९ मा भारतमा पनि व्यापक रूपमा पोलियोका बिरामीहरू देखापरेका थिए।पोलियो महामारी नियन्त्रण गर्नलाई खोप उत्पादनमा बिल्स एण्ड मेलिण्डा फाउन्डेसनले सहयोग गरेका थियो ।खोप लगाएका मानिसहरूमा व्यापक रूपमा प्यारालाइसिस देखापर्न थाल्यो र निरन्तरकोअनुसन्धानपछि एउटा तथ्य बाहिर आयो कि यो खोप विश्वको जनसङ्ख्या नियन्त्रण गर्नलाई बनाइएको हो भनेर। सन् २०१० मा बिल गेट्सलेविश्व जनसङ्ख्यालाई घटाउनखोप एउटा हतियार होभनेका थिए । उनले खोपमार्फत १० देखि १५ प्रतिशत विश्वजनसङ्ख्यालाई घटाउन सकिन्छ भनेका थिए । समयक्रमसँगै खोप अभियानको पर्दा पछाडिका डरलाग्दा र भयानक नकारात्मक तथ्यहरु बाहिर आइरहेका छन् ।


एक्काइसौँ शताब्दीको वैज्ञानिक एआई युगमा सबै देशहरूसँग आ–आफ्नो हैसियतअनुसारका हातहतियारहरू छन्।त्यसैले विश्वका महाशक्ति राष्ट्रहरूले महामारीलाई हतियार बनाएर विश्व आर्थिक युद्धमा होमिन अनेक प्रयास र गुरु योजनामा तल्लिन रहेका छन्।कोभिड–१९ पनि यसको एउटा ज्वलन्त उदाहरण हो।संयुक्त राज्य अमेरिका र चीनबीचको विश्व आर्थिक टकरावले गर्दा सन् २०१९ मा कोभिड–१९ महामारी ल्याइएको अनुमान गर्न सकिन्छ।विश्व आर्थिक टकरावले सन् २०३० मा फेरि नयाँ महामारी ल्याइने अनुमान गर्न सकिन्छ। चीन,रसिया र संयुक्त राज्य अमेरिकाबीचको विश्व आर्थिक टकराव र बदलिंदो विश्व भूराजनीतिक ध्रुवीकरणको कारण त्यो अवस्था नआउला भन्न सकिन्न । त्यबिेला पनि नेपाल जस्तै अन्य विकासशील देशहरू फेरि चेपुवामा पर्न सक्नेछन् । महामारीमार्फत विश्वका महाशक्ति राष्ट्रहरूले आफ्नो अर्थतन्त्रलाई बलियो र अरु महाशक्ति राष्ट्रहरूको अर्थतन्त्रलाई धराशाही बनाउने माध्यमका रूपमा लिइरहेका छन्।


विश्व स्वास्थ्य सङ्गठनले जनसङ्ख्या नियन्त्रणको नीतिहरूलाई प्रोत्साहित गरेको देदिन्छ। दशकौंदेखि एशिया (बङ्गलादेश, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, थाइल्याण्ड), ल्याटिन अमेरिका (ब्राजिल, कोलम्बिया, मेक्सिको), अफ्रिका (इजिप्ट, इथियोपिया, नाइजेरिया)  र युरोप (टर्की) मा जनसङ्ख्या नियन्त्रण रणनीतिहरू लागू हुँदै आएका छन् । कोभिड–१९ महामारीविरुद्धको खोपपछि विश्वव्यापी रूपमा महिलाहरूले धेरै प्रजनन् समस्याहरू र डरलाग्दो गर्भावस्थाको परिणामहरू रिपोर्ट गरिरहेका छन् । कोरोनाविरुद्ध खोपको एउटा असर निःसन्तान पनि रहेको बताइएको छ ।विशेषगरी पुरुषहरूमा व्यापक बाँझोपनको समस्या देखा परेको छ । यसले गर्दा महिलालाई आइभीएफ अर्थात् कृत्रिम गर्भधारण विधिबाट बच्चा जन्माउन बाध्य बनाइएको छ।यो कृत्रिम गर्भाधारण विधिको माध्यमबाट विदेशी जीन भित्र्याउनमा एउटा महत्वपूर्ण चलखेल भइरहेको छ।


अष्ट्रेलियका वरिष्ठ प्रजनन चिकित्सक डा. ल्यूक म्याकलिन्डनले कोभिड–१९ महामारीविरुद्धको खोपको नकारात्मक पक्षको बारेमा चेतावनी दिएका थिए।उनले कोभिड–१९ विरुद्ध खोप लगाइएका ७४ प्रतिशत महिलाको स्वतः गर्भपतन, गर्भाशयभित्र शिशु मृत्यु र महिनावारीमा व्यापक गडबडी भइरहेको अनुसन्धानबाट देखिएको बताएका छन् । म्याकलिन्डनले कोभिड खोप लिन अस्वीकार गरेका थिए र कोभिड खोपको नकारात्मक असरहरुको निष्कर्ष सार्वजनिक गरेका कारण उनलाई बर्खास्त गरिएको थियो । बेलायतमाशव व्यवस्थापन केन्द्रका निर्देशक जोन ओलुनीका अनुसार अहिले पहिलेभन्दा धेरै बच्चा मरेका छन् । त्यसको कारण तिनीहरूका आमाहरूलाई भ्रममा पारेर गर्भावस्थामा खोप लगाइएको थियो ।


त्यस्तै मातृ र नवजात टिटानस उन्मूलन खोप अभियानको पर्दा पछाडिका डरलाग्दो र भयानक तथ्यहरू पनि छन्। प्रजनन्विरुद्ध खोपहरूको विकाससन् १९७० को दशकमा कथित अत्यधिक जनसङ्ख्याको प्रतिक्रियामा सुरु भएको थियो । प्रजनन् नियमनका लागि खोपहरूमा विश्व स्वास्थ्य सङ्गठन टास्क फोर्सका अनुसन्धानकर्ताहरूले टिटी अर्थात् धनुष्टङ्कार खोपमा बिटा–एचसीजी र म्युरामाइल डाइपेप्टाइड नियोजित तरिकाले सफलतापूर्वक संयोजित गरेका थिए । सन् १९९३ मा विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक रूपमा त्यही खोपलाई ‘परिवार योजना’को लागि ‘जन्म–नियन्त्रण’ खोप घोषणा गयो ।पहिलोपटक सन् १९९५ मा र दोस्रोपटक २०१४ मा केन्यामा मातृ र नवजात शिशु टिटानस उन्मूलन÷न्यूनीकरण गर्नलाई विश्व स्वास्थ्य सङ्गठनले त्यही खोपलाई अभियानमा चलाएको थियो। यसमा लाखौं केन्याली महिलाको ज्ञान वा सहमतिबिना गर्भधारण गर्न सक्ने क्षमता खोसिएको थियो।पछि बच्चा जन्माउने उमेरका युवतीलाई नपुङ्सक बनाइदिएको आरोप लागेको थियो ।


हरेक देशले महामारीविरुद्ध बनेका खोपहरूको आ–आफ्नो देशमा आवश्यक परीक्षण गरेर मात्र जनसमुदायमा खोप अभियान चलाउनुपर्दछ। यसले खोपको उद्देश्य,प्राथमिकता,जटिलता र संयोजन पत्ता लगाउन मद्दत गर्दछ। समग्रमा महामारीले व्यक्ति, समुदाय र समाजमा बहुआयामिक र दूरगामी प्रभाव पार्छ । यसले सार्वजनिक जनस्वास्थ्य आपतकालीन अवस्थाहरूलाई सम्बोधन गर्न व्यापक तयारी, लचिलोपन र विश्वव्यापी सहयोगको महत्वलाई जोड दिन्छ।जबसम्म कोरोना भेरिएन्टको नामाकरण ‘ओमेगा’ हुँदैन, तबसम्म कोरोना भाइरस विश्वबाट पूर्ण रुपमा निर्मूल नहुने अनुमान गर्न सकिन्छ ।


कोभिड–१९ महामारीको समयमा नेपालको स्वास्थ्य क्षेत्र र जनजीवनहरू एकदम भयावह,नाजुक र धराशाही स्थितिमा थियो । पर्याप्त सदन कक्ष,आवश्यक अक्सिजन आपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी, अत्यावश्यक चिकित्सा उपकरणहरू र औषधिहरुको चरम अभाव थियो । नेपालले त्यस समयलाई ध्यानमा राख्दै समयमै भविष्यमा देखापर्ने महामारीहरूविरुद्ध पूर्वतयारीका अभ्यासहरू(रोकथाम,नियन्त्रणका उपायहरू)पहल गरी कार्यान्वयन गरेमा आगामी दिनमा सबै क्षेत्रका जनतालाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुनसक्छ ।  यसले मृत्युदर कम गर्न पनि मद्दत गर्नेछ । नेपालले यी तथ्यहरूलाई समग्र तयारी रणनीतिमा समाहित गरी बिभिन्न देशहरू र अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूसँग समन्वय गरेर महामारीहरूको सामना गर्न आफ्नो लचिलोपन र क्षमता वृद्धि गर्नुपर्दछ, जसले स्वास्थ्य,अर्थतन्त्र र समाजमा महामारीको सम्भावित प्रभावलाई कम गर्न मद्दत गर्दछ ।


(लेखक वीर अस्पतालमा कार्यरत हुनुहुन्छ)

‘माइली’बाट गायिका कमला घिमिरेले फिल्ममा डेब्यु गर्दै

काठमाडौँ– गायिका कमला घिमिरेले अब फिल्म खेल्ने भएकी छन् । उनी बाबु बलामीको निर्देशनमा बन्ने फिल्म ‘माइली’मा अनुबन्धित भएकी छन् ।

निर्माण टिमले वेलकम भन्दै उनको फोटो सार्वजनिक गरेको छ तर उनको भूमिका गोप्य राखिएको छ । गायिका कमला लोक दोहोरीगीत गाएर चर्चामा आएकी थिइन् ।

यसअघि फिल्ममा अभिनेत्री प्रियंका कार्की र करिश्मा मानन्धर पनि भित्रिएका छन्। निर्देशक बलामीका अनुसार फिल्म सत्य घटनामा आधारित महिलाको कथामा बन्नेछ । यही असार अन्तिमबाट छायाँकन हुने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायाँकन गरिनेछ।

फिल्ममा निर्देशक बलामीको ‘कन्सेप्ट’, शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद र राजेन्द्र बजगाईंको संगीत रहनेछ।

पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ ।

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन् ।

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत दिन रातो बत्ती बालिएको छभने राता झण्डा फहराइएका छन् ।

सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

पहिरोले बागलुङको पञ्चकोट प्रहरी चौकीमा क्षति

ढोरपाटन (बागलुङ) । पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो ।

मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले उक्त चौकी निर्माण गरेको हो । भवन भत्किएपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई अन्यत्र सार्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्मको टोली उद्धारमा खटिएको छ । प्रहरी चौकीमा पाँच सुरक्षाकर्मी बस्दै आएका थिए । पहिराले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा समेत क्षति पुर्याएको छ ।

विपदमा परेका नागरिकको उद्दार र राहतमा सरकारसँग हातेमालो गर्न प्रधानमन्त्रीको अपील

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

समाजिक संजालमार्फत प्रधानमन्त्रीले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् ।

यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुन सक्ने सम्भावित क्षति र जोखिम न्यूनीकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘यस सन्दर्भमा सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु । सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग हार्दिक अपील गर्दछु ।’

बाढीपहिरोले बिजोग(फोटोफिचर)

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण अहिले देशभरको जनजीवन प्रभावित भएको छ । अबिरल वर्षापछिको बाढीले दश जना भन्दाबढीले ज्यान गुमाए छन् भने केही बेपत्ता भएका छन् ।

बाढी पहिरोले कयौंको घरबास उठाएको छ भने बालीनाली लगाएको जमिन कटान गरेर लगेको छ । त्यस्तै दर्जनौं सडक अवरुद्ध भएका छन् ।

डुबानमा खेतीयोग्य जमिन
दाङ, २३ असारः
दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेलहरीवासीको बबई नदीको बढीले डुबाएको रोपाइँ गर्न राखेको धानको ब्याड र मकै खेती । अविरल वर्षाका कारण दाङको बबई नदीमा १० वर्ष पछि ठूलो बाढी आएको स्थानीय बुढापाका बताउँछन् । तस्बिरः कुलदीप न्यौपाने÷रासस
जलमग्न घोराही
दाङ, २२ असार :
अविरल वर्षाका कारण शनिबार जलमग्न बनेको दाङको घोराही उपमहानगरपालिका क्षेत्रका खोला तथा खेत । तस्बिर : कुलदीप न्यौपाने/रासस
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा वर्षाका कारण सडक हिलाम्य भएपछि आइतबार बिहान फसेको गाडी । हिलोमा गाडी फसेपछि यो खण्ड अवरुद्ध भएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
त्रिपालले छोपेर राखिएको पहिरो
दमौली (तनहुँ), २३ असार :
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ शान्तिकुनास्थित शिवाल मन्दिर परिसर र प्रगति टोलमा शनिबार वर्षाले पहिरो गएपछि त्रिपालले छोपेर राखिदै । पहिरोले जनसेवा मोटरमार्गमा क्षति पुग्नुका साथै बस्ती जोखिममा परेको छ ।तस्बिर : कृष्ण न्यौपाने/रासस
पहिरोमा बेपत्ताको खोजी गरिँदै
दमौली (तनहुँ), २३ असारः
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएकाको आइतबार बिहान खोजी गरिँदै । पहिरोमा पुरिएर बेपत्ता एक महिलाको शव भेटिएको छ भने दुई जना बेपत्ता छन । तस्बिरः कृष्ण न्यौपाने/ रासस
हिलोमा फसेका सवारीसाधन
डुम्रे (तनहुँ), २३ असारः
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा फसेका सवारीसाधन । शनिबारदेखि अवरुद्ध सडक आइतबार बिहान एकतर्फी सञ्चालनमा आए पनि सवारीसाधन फस्ने भएकाले वैकल्पिक रुपमा दमौलीको भोर्लेटार चोकबाट लमजुङको दुईपिप्ले हुँदै कास्कीको देउरालीको बाटो प्रयोग गर्न आग्रह गरिएको छ । तस्बिरः मिला दरै÷रासस
मनाङ २३ असार
मस्र्याङदी नदीमा बाढी
अविरल वर्षापछि मस्र्याङदी नदीमा आएको बाढी । नदीमा पानीको बहाव बढेसँगै मनाङ सदरमुकाम आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रसासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ । तस्बिर : नवीन लामिछाने/रासस
दाङ, २३ असारः
बबई नदीमा आएको बाढी
अविरल वर्षाका कारण बबई नदीमा आएको बाढी । बबई नदीमा तटबन्ध नहुँदा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर—अमेलिया सडकखण्ड तुलसीपुर उपमहानगरपालिका—१२ को बरिया गाउँ जोखिममा परेको छ । तस्बिरः नारायणी रजौरे/रासस
अविरल वर्षाले दाङको घोराही उपमहानगरपालिका -७ स्थित सौडियारमा डुबान भएको धान खेत। तस्बिरः रञ्जिता अधिकारी /रासस
उर्लेको नारायणी
नारायणगढ, २२ असार : गएरातिदेखि अविरल बर्षाका कारण नारायणगढस्थित नारायणी नदीमा आएको बाढी । यतिबेला नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरी खतरा उन्मुख रहेको छ । तस्बिर : सनद अधिकारी/रासस
रुकुम पुर्व, २३ असारः
मध्यपहाडी लोकमार्गमा पहिरो
रुकुम पूर्वमा पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग । अविरल वर्षाका कारण शनिबार बिहान सडकमा पहिरो झरेपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । तस्बिरः सर्जना कार्की/रासस
वर्षाका कारण सप्तरीको हनुमाननगरको कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेजमा देखिएको पानीको बहाव । आज बिहान पानीको बहाव अत्याधिक बढेपछि अहिले कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ । तस्बिरः अरुणकुमार यादव/रासस
बबई नदीमा पानीको बहाव
तुलसीपुर, २२ असारः
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–१२ शीतलपुरको पुलमुनि बबई नदीमा बढेको पानीको बहाव । तस्बिरःदीपक बोहरा/रासस
नारायणीको बाढीले बगाएको झोलुङ्गेपुल
भरतपुर,२३ असारः
नारायणी नदीमा आएको बाढीले शनिबार राती बगाएको भरतपुर महानगरपालिका ३ स्थित नगरवनस्थित झोलुङ्गेपुल । बाढीले नगरवन क्षेत्रको जमिन समेत कटान गरेको छ । तस्बिरः कृष्ण आचार्य÷रासस
डुबानमा खेतीयोग्य जमिन
दाङ, २३ असारः
दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेलहरीवासीको बबई नदीको बढीले डुबाएको रोपाइँ गर्न राखेको धानको ब्याड र मकै खेती ।अविरल वर्षाका कारण दाङको बबई नदीमा १० वर्ष पछि ठूलो बाढी आएको स्थानीय बुढापाका बताउँछन् । तस्बिरः कुलदीप न्यौपाने/रासस

राप्तीमा बेपत्ता दुईजनाको शव फेला

शिवु खनाल, देउखुरी । राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । शनिवार राप्ती नदीमा आएको बाढीले लमही नगरपालिका वडा नम्बर ७ नयाँबस्ती निवासी ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका वडा नम्बर ८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए ।

आइतबार विहान बेपत्ता भएको स्थानदेखि करिब पाँचसय मिटर खोलाको बगरमा चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए ।

यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार विहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले बेपत्ता यादवको शव फेला परेको जानकारी दिए । उनले आइतबार बिहान ७ः ३० बजेको समयमा बेपत्ता भएको हस्नापुर घाटदेखि करिब एकसय ५० मिटर पश्चिम तर्फ खोलाको बगरमा यादवको शव फेला परेको जानकारी दिए ।

शनिबार उक्त घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्दार गरेको थियो भने १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीले बगाएको थियो ।

रूसी कुस्ती खेलका ‘पहलवान’द्वारा ओलम्पिकको निमन्त्रणा अस्वीकार

यस ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा भाग लिन अनुमति दिइएका रूसी कुस्ती खेलाडीहरूले निमन्त्रणा अस्वीकार गरेको रूसी कुस्ती महासङ्घले जनाएको छ ।

युक्रेनमा मस्कोको सैन्य आक्रमणको कारण सुरुमा खेलहरूबाट प्रतिबन्ध लगाइएपछि, अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) का कडा सर्तहरू पूरा गरेमा केही रूसी खेलाडीहरूलाई तटस्थ झण्डामुनि भाग लिन अनुमति दिन सकिने बताएको थियो ।

रूसको राष्ट्रिय महासङ्घले शनिबार योग्यता परीक्षणमा उत्तीर्ण भएका कुस्ती खेलका १० पहलवानले आईओसीको विरोधमा खेल बहिष्कार गर्ने बताएको हो ।

महासङ्घले विज्ञप्ति जारी गर्दै सहभागिताबारे भनेको छ, “हामी योग्य खेलाडीहरूको सूची बनाउँदा अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई मार्गदर्शन गर्ने गैर–खेलकुद छनौट सिद्धान्तलाई स्वीकार गर्दैनौँ । यसको उद्देश्य हाम्रो टोलीको एकताको सिद्धान्तलाई कमजोर पार्नु हो ।”

महासङ्घको कार्यकारी समिति, प्रशिक्षक र कुस्ती खेलाडीहरू ओलम्पिक खेलहरूमा भाग लिन अस्वीकार गर्ने सर्वसम्मत निर्णयमा आएको थियो ।

पेरिसमा प्रतिस्पर्धा गर्न चाहने रूसी खेलाडीहरूले युक्रेनमा रूसको सैन्य आक्रमणलाई समर्थन नगर्ने र देशको सशस्त्र सेनासँग कुनै सम्बन्ध नभएको देखाउनुपर्छ ।

रूसी अधिकारीहरूले बारम्बार आईओसी नीतिको आलोचना गरेका छन् ।

ट्रम्पसँगको बहस ‘कमजोरी र संज्ञानात्मक ह्रासको प्रमाण हुनै नसक्ने’ बाइडेनको दावी

अमेरिकी राष्ट्रपति पदका लागि जो बाइडनले ह्वाइट हाउसको निर्वाचनबाट अलग्गिनु पर्ने आवाज उठिरहेका समय पनि उनको दलका नेता तथा शुभेच्छुकबीच राष्ट्रपति पदका लागि पुनः उम्मेदवारी दिने वा नदिने बिषयमा तर्क वितर्कहरू भएका छन् ।

टेलिभिजनमा दिएको अन्तर्वार्तामा राष्ट्रपति बाइडेनले धेरै समय अमेरिकी समुदायमा चर्चा भइरहेको घट्दो मत सङ्ख्या र प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्धको निराशाजनक प्रदर्शनका कारण उनले राष्ट्रपतिको उम्मेदवारीबाट पछि हट्न उनकै दलका कतिपय नेताहरूले गरेको आग्रहविरूद्ध प्रतिरक्षा गर्न खर्चिएका थिए ।

उनले बहसमा भएको कमजोरी आफ्नो मानसिक र शारीरिक तन्दुरुस्तीको कारण भएको भन्ने नेताहरूको चिन्तालाई अन्तवार्तामा ठाडै अस्वीकार गरेका थिए ।

उनले भने, “चर्को चिसोका कारण बहसमा कमजोरी देखिएको हुनसक्छ । यो कमजोरी र संज्ञानात्मक ह्रासको प्रमाणको साटो ‘खराब रात’ मात्र थियो । ”

एकासी वर्षीय राष्ट्रपति बाइडेनले आफ्नो अभियान अन्त्य गर्न दबाब नदिइनु पर्ने अडान राखेका हुन् ।

उनले भने, “यदि सर्वशक्तिमान प्रभु तल आउनुभयो र जो प्रतिस्पर्धाबाट बाहिर निस्कनुहोस् भन्नुभयो भने म प्रतिस्पर्धाबाट पछि हट्नेछु । तर उहाँ तल आउनुहुन्न ।” तथापि, कम ईश्वरीय हस्तक्षेपको लागि आह्वानहरू बलियो भएको देखिन्छ ।

उनको आफ्नै डेमोक्रेटिक पार्टीभित्रको असहमतिका स्वरहरू बढेका छन् । दलका पाँच जनाले व्यक्तिगत रूपमा राजीनामाको लागि प्रत्यक्ष आह्वान गरेका छन् र केही प्रमुख दाताहरूले यदि बाइडेनले लाई निरन्तरता दिन आग्रह गरे मा कोष कटौती गर्ने धम्की दिएका छन् ।

“मलाई विश्वास छैन कि राष्ट्रपति बाइडेनले डोनाल्ड ट्रम्पविरुद्ध प्रभावकारी रूपमा प्रचार गर्न र जित्न सक्नुहुन्छ,” अमेरिकी संसद्मा डेमोक्रेट पाटीका प्रतिनिधि एन्जी क्रेगले भने ।

संसदमा डेमोक्रेट पार्टीका नेता हकीम जेफ्रिजले आइतबारका लागि वरिष्ठ डेमोक्रेट प्रतिनिधिहरूको भर्चुअल बैठक तय गर्नुभएको छ र डेमोक्रेट  सिनेटर मार्क वार्नरले माथिल्लो सदनमा यस्तै फोरम बोलाउन पहल गरिरहेको बताइएको छ ।

बाइडनको चुनावी अभियान टोलीले पेन्सिलभेनियामा आइतबार एक कार्यक्रम आयोजना गर्ने र यसै महिनाको अन्त्यमा अन्य राज्यहरूको भ्रमण गर्ने योजना बनाएको छ ।

शुक्रबारको अन्तर्वार्ताअघि विस्कन्सिनमा आयोजित एक र्यालीमा बाइडेनले सशक्त र ऊर्जावान ‘स्टम्प स्पीच’ दिँदै भनेका थिए, “ट्रम्पलाई मैले हराउन सक्छु । म नै प्रतिस्पर्धामा रहनेछु ।”

नाटोका महासचिवद्वारा युक्रेनलाई सैन्य सहायता गर्न ४० अर्ब युरोको घोषणा

उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनलाई अर्को वर्ष ४० अर्ब युरो (४३ अर्ब डलर) बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।

नाटोका महासचिवले पत्रकार सम्मेलनमा भने, “सहयोगीहरूले रूसविरुद्ध युक्रेनको रक्षाका लागि आवश्यकताहरू पूरा गर्न न्यूनतम रूपमा अर्को वर्षको लागि यो वित्तीय वाचामा सहमत भएका छन् ।”

गठबन्धनको ७५ औं वार्षिकोत्सव मनाउन र युक्रेनलाई समर्थनको सन्देश पठाउन नाटो नेताहरूले अर्को हप्ता वाशिङ्गटनमा भेट्ने छन् ।

मध्य जुनमा, नाटो सदस्य राष्ट्रले बेल्जियमको राजधानी ब्रसेल्समा नाटोको बैठकमा सुरक्षा सहयोग र युक्रेनमा प्रशिक्षण मिसन समावेश गर्ने योजनामा सहमत भएका थिए ।

राप्तीको बाढीमा बेपत्ता यादव मृत फेला

शिवु खनाल, देउखुरी । राप्ती नदीमा बगेर बेपत्ता भएका एकजनाको शव फेला परेको छ । दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार विहान लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले बेपत्ता यादवको शव फेला परेको जानकारी दिए । उनले आइतबार विहान ७ः ३० बजेको समयमा बेपत्ता भएको हस्नापुर घाटदेखि करिब एकसय ५० मिटर पश्चिम तर्फ खोलाको बगरमा यादवको शव फेला परेको जानकारी दिए ।

शनिवार उक्त घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्दार गरेको थियो भने १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीले बगाएको थियो ।।

नारायणी नदीमा आएको बाढीले बगायो नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल

चितवन । नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएराति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उनले अनुरोध गरेका छन् ।

शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चारजना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नं १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नं १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सुरक्षाकर्मीले डुङ्गाको सहायताले स्थानान्तरण गरेको हो ।

वर्षाले तनहुँका ग्रामीण सडकको बेहाल

तनहुँ । शुक्रबारदेखि परेको वर्षाका कारण तनहुँका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । शनिबार पहिरो गएपछि विभिन्न ठाउँका सडक अवरुद्ध भएका हुन् ।

भिमाद नगरपालिका–२ हुँदै जाने विभिन्न सडक पहिराका कारण अवरुद्ध भएको वडाध्यक्ष दिनेशकुमार थापाले जानकारी दिए । भिमकाली, मिर्दी, किहुँ, उत्तरदक्षिण, बिरुवा, खुदेपानी, धरमपानी हुँदै बडहरभञ्ज्याङ तथा भित्री सडक वर्षाका कारण अवरुद्ध भएका छन् ।

यस्तै घिरिङ गाउँपालिका–२ बैडी सडकखण्ड पनि पहिरोले अवरुद्ध छ । शुक्लागण्डकी नगरपालिका–५ पाटनमा पहिरो खसेपछि उक्त खण्ड अवरुद्ध भएको छ । प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार पानी परिरहेकाले पहिराको जोखिम कायमै रहेको छ ।

उनले भने, “सडक खुलाउने प्रयास भइरहेको छ । पोखरा आउजाउ गर्न वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ ।” दमौलीबाट पोखरा जान भोर्लेटारचोकबाट कलेस्ती, दुइपिप्ले, पोल्याङ, राजाको चौतारा हुँदै जान सकिन्छ ।

पृथ्वीराजमार्गको शेराखण्ड १२ घण्टामा खुल्यो

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा कल्भर्ट बगाएर अवरुद्ध भएको सडक १२ घण्टापछि खुलेको छ । शनिबार दिउँसो ४ बजे वर्षाका कारण फेदीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध भएको उक्त खण्ड आज बिहान ४ः५५ बजेदेखि सञ्चालनमा आएको हो ।

खोलाले बगाएको ठाउँमा पुनः कल्भर्ट राखेर सवारीसाधन सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

तनहुँको शुक्लागण्डकीमा पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुईजनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति भेटिएको हो ।

पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए ।

पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

बाढी, पहिरो र डुबानमा परी आठजनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य ६ जना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् ।

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए ।

उनका अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ ।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका जानकारी दिए । अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण आज देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ ।

काठमाडौँमा अहिले वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने वर्षा भइरहेको छ । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन् ।

ओलीलाई बालेनले भने-काठमाडौंका सुकुम्बासीलाई गिरिबन्धुमा व्यवस्थापन गर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुकुम्बासीका नाममा भोटको राजनीति नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शनिबार राति सामाजिक संजालमार्फत मेयर साहले अब प्रधानमन्त्री हुँदा सुकुम्बासी समस्याको समाधान गर्न आग्रह गरेका हुन् । उनले एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो भन्दै प्रश्न गरेका छन् ।

यस्तो छ बालेनको भनाई

माननीय केपी ओलीज्यू,
आज काठमाडौँमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो । अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५, ००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

पछिल्लो समय मेयर साह ओलीप्रति आक्रोशित देखिएका छन् । उनले एमाले कांग्रेसबीचको सहमतिलाई कटाक्ष गर्दै भनेका थिए, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’ मेयर साह गिरिबन्धु प्रकरणमा ओलीप्रति आक्रोशित हुँदै आएका छन् ।

बस्तीमा पस्यो नारायणीको बाढी(फोटोफिचर)

नवलपुर । नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो ।

बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए । “यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्याउने गरेको छ”, उनले भने, “बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ ।”

बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताए ।

यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ । नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ ।

नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ । विशेषगरी गैँडाकोट नगरपालिकाको वडा नं २, ६ तथा मध्यविन्दु नगरपालिकाको वडा नं २, ३ मा बाढीबाट बढी प्रभावित हुने गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो ।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर धेरैको मृत्यु भएको अधिकारीले बताएका छन् ।

भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै आगामी २४ घण्टाका लागि सावधानीका लागि सूचना (एलो अलर्ट) जारी गरेको छ ।

हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिदाई

काठमाडौं । एसीसी महिला एसिया कप खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ । महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरेका हुन् ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोली एसिया कप खेल्न आइतबार श्रीलंका जानेछ । महिला एसिया कप १९ जुलाइबाट सुरु हुनेछ ।
नेपालले समूह चरणमा युएई, पाकिस्तान र भारतसँग खेल्नेछ ।

स्याङ्जामा पहिरोमा पुरिएर तीनजनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ ।

पहिरोले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

पहिरोको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा भएका उनीहरूको पुरिएर ज्यान गएको हो । उनीहरूको घर नजिक शनिबार बिहान पहिरो खसेको थियो ।

बिरुवा गाउँपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी पाँचजना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो ।

अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादनगृहहरू प्रभावित, विद्युत उत्पादनमा समस्या

काठमाडौँ । अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादनगृहहरू प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युतगृह बन्द भएका छन् । निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै छ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युतगृह बन्द भएका छन् ।

प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी बाढीका कारण हिजो साँझदेखि बन्द छ ।

यस्तै, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘ए’ १० मेगावाट क्षमताको सुनकोशी जलविद्युत् आयोजनासमेत बन्द भएको छ । प्राधिकरण र यसका सहायक कम्पनीले सञ्चालन गर्ने आयोजना बन्द भएका हुन् ।

प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरणअनुसार ३६ मेगावाट क्षमताको बलेफी, २० मेगावाट क्षमताको तल्लो मोदी, १८ मेगावाट क्षमताको मध्यमोदी, ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया पनि बाढीका कारण बन्द भएको छ । नदीमा बाढी आउने क्रम कम भएपछि ती आयोजना सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।

केही आयोजना भने कम क्षमतामा चलेका छन् । प्राधिकरणका अनुसार सोलु दूधकोशी ५० मेगावाट, लिुख एक ४७ मेगावाट, लिखु दुई २९ मेगावाट, मध्य तमोर ३८ मेगावाट, मोदी सात मेगावाट, त्रिशूली छ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र पाँच मेगावाट र चमेलियाबाट १४ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ ।

पहिरोमा परी तनहुँमा एकजनाको मृत्यु, तीन बेपत्ता

तनहुँ । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा परी शनिबार तनहुँमा एक जनाको मृत्यु भएको छ । पहिरोमा परी तीन बेपत्ता भएका छन् भने चार जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ झापुटार निवासी ५० वर्षका कृष्ण बहादुर पुलामी रहेका छन् । ढुङ्गा लागेर सख्त घाइते पुलामीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

त्यसैगरी जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४० वर्षकी हिरा नेपाली, वर्ष ३७ की अनिशा बास्तोला र वर्ष ६५ का श्याम अधिकारी रहेका उनले बताए । पहिरोमा परी चार जना घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।