`

नाटोका महासचिवद्वारा युक्रेनलाई सैन्य सहायता गर्न ४० अर्ब युरोको घोषणा

Nepal One HD २३ असार २०८१ ९:४८
विश्व

उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनलाई अर्को वर्ष ४० अर्ब युरो (४३ अर्ब डलर) बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।

नाटोका महासचिवले पत्रकार सम्मेलनमा भने, “सहयोगीहरूले रूसविरुद्ध युक्रेनको रक्षाका लागि आवश्यकताहरू पूरा गर्न न्यूनतम रूपमा अर्को वर्षको लागि यो वित्तीय वाचामा सहमत भएका छन् ।”

गठबन्धनको ७५ औं वार्षिकोत्सव मनाउन र युक्रेनलाई समर्थनको सन्देश पठाउन नाटो नेताहरूले अर्को हप्ता वाशिङ्गटनमा भेट्ने छन् ।

मध्य जुनमा, नाटो सदस्य राष्ट्रले बेल्जियमको राजधानी ब्रसेल्समा नाटोको बैठकमा सुरक्षा सहयोग र युक्रेनमा प्रशिक्षण मिसन समावेश गर्ने योजनामा सहमत भएका थिए ।


प्रतिक्रिया