`

एमाले अध्यक्ष ओली र झलनाथ खनालबिच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा मंगलबार साँझ दुई नेताबीच भेटवार्ता भएको हो।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको बहुमत पक्ष माओवादी केन्द्रसहितका दलसँग एकता गर्ने तयारी गरिरहँदा खनाल–ओलीबीच  छलफल भएको हो। एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने बताएका खनालले एमालेसँग छलफल अघि बढाएका हुन्।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भेटवार्ता सकारात्मक भएको दाबी गर्दै खनालकै नेतृत्वमा एकीकृत समाजवादीको एक समूह एमालेमा फर्किने घोषणा हुने सम्भावना रहेको बताएका छन्।

नेता बस्नेतका अनुसार नेतृ रामकुमारी झाँक्री, पूर्वसांसदहरू किसान श्रेष्ठ, अम्बरबहादुर थापा लगायतका नेता(कार्यकर्ताहरू एमालेमा फर्किने तयारीमा छन्।

यस समूहमा नेताहरू गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई लगायतका नेता तथा कार्यकर्ताहरू पनि रहेको नेता बस्नेतले जानकारी दिएका छन्।

यता, नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।

 

सुशीलाको सिफारिसबारे प्रमाण सार्वजनिक गर्न प्रचण्डलाई ओलीको चुनौती

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा सिफारिस गरेको भन्ने दाबीमा कुनै सत्यता नरहेको बताएका छन्।

उनले त्यो प्रसङ्गमा आफ्नो सिफारिस पत्रको भाषा स्पष्ट रहेको बताउँदै भ्रम फैलाउनेलाई प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्।

ओलीका अनुसार, उक्त सिफारिसपत्रमा कुनै व्यक्तिको नाम उल्लेख गरिएको थिएन। उनले भने, ’मेरो सिफारिसको भाषा के छ भने – वर्तमान असहज र असाधारण अवस्थामा संविधान र लोकतान्त्रिक परिपाटीलाई पुनः शान्तिपूर्ण स्थितिमा फर्काउन आवश्यक कदम चाल्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएकाले संविधानभित्रैबाट आवश्यक निर्णय लिन सिफारिस गर्दछु।’

उनले अगाडी थप्दै भने, ’त्यसमा सुशीला कार्की भन्ने वा अरू कोही भन्ने कुरा छैन। संविधान र संसद् नचलाउनुपर्ने भन्ने कुरा राष्ट्रपतिको उपस्थितिमा, म कार्यवाहक प्रधानमन्त्री र प्रधानसेनापति भएको बैठकमै मैले सिफारिस गरेको थिएँ।’

ओलीले आफ्नो सिफारिसको प्रतिलिपि अहिले आफूसँग नभए पनि आधिकारिक अभिलेखमा त्यसको प्रमाण रहेको दाबी गरे।

जुन परेको बेला प्रति निकाल्न सकिने पनि उनले दाबी गरे । साथै उनले चुनौती दिँदै प्रचण्डसँग प्रमाण छ भने निकाले हुन्छ,’ भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीकै सिफारिसमा कार्की प्रधानमन्त्री भएको दाबी गर्दै आएका बेला ओलीले प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै यस्तो बताएका हुन् ।

 

प्रधानमन्त्रीको शपथसम्म मोबाइल सिज गरिएको ओलीको खुलासा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सेनाले नियन्त्रणमा लिएपछि आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । प्रधानमन्त्रीको सपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको उनले खुलासा गरे ।

आइतबार पत्रकार सम्मेलनमा उनले भदौ २४ गते बालुवाटारबाट निस्किएपछि आफू सेनाको सुरक्षामा रहेको बताए । “राजीनामा दिएपछि म सेनाको सुरक्षामा रहेँ । सेनाको सुरक्षाभित्रै, तपाईंहरूले त्यसलाई जे सुकै विशेषण दिन सक्नुहुन्छ । म सेनाको सुरक्षामा थिए । प्रधानमन्त्रीको शपथ ग्रहण समारोहभन्दा अगाडिसम्म मोबाइल लिन पाएको थिइन । मोबाइल सिज गरिएको थियो,” उनले भने ।

भदौ २७ को साँझसम्म आफू सम्पर्कमा नभएको बताए । आज सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै ओलीले पहिलोपटक यो खुलासा गरेका हुन् ।

सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँट्यो: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।

सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको उनको जिकिर थियो ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गरे ।

जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिहेको ओलीको भनाई थियो ।

उनले भने,‘चुनाव गराउने । लुटिएका हतियार कहाँ छ ? राजनीतिक नेताहरुलाई चुनावमा जान दिँदैनन् । राजनीतिक दलहरुले चुनावमा भाग नलिएर आफैँ मात्रै भाग लिएर चुनावको नाटक गर्ने । कति राम्रो ड्रामाको परिकल्पना । तसर्थ यस्ता परिकल्पना जनतालाई झुक्याउने, जनता ठग्ने मेलो मात्रै हो । वर्मामा ६ महिनामा चुनाव गराउँछु भनेको कति वर्ष भयो रु जेनजीको नाममा आन्दोलन गर्ने, जेनजीले नेपालमा के ग¥यो ? जेनजी आमैलाई प्रधानमन्त्री बनायो । बंगलादेशमा शेख हसिना ७५ वर्षकी बुढी भईन भनेर बेस्सरी नारा लगायो । बुढी भईन हुँदैन भनेर ८५ वर्षका हजुरबालाई फ्रान्सबाट झिकाएर शासक बनाए । जेनजीले के ७५ का लाई हटाएर ८५ का लागि ल्याउन आन्दोलन गरेको थियो ? त्यो पनि देशभित्र होइन, फ्रान्समा बसिरहेकालाई । अहिलेको सरकारले त्यस्तै सोचेको होला हामीलाई । याद रहोस्–मैले अस्ती नै भनेको थिए–यस्ता जग नै नभएको असंवैधानिक सरकारलाई छोडेर हामी विदेश भाग्छौं ? हामी त देश भित्र बसेर जेलमा बसेर होस् कि भूमिगत बसेर होस कि । जसरी होस् देश भित्रै बसेर संघर्ष गरेर आएका शक्ति हो । त्यसकारण हामी त्यस्तो कमजोर खालका हुत्तिहारा होइनौं ।

अनि चुनाव गराउने रे । झापामा मेरो घर जलाईयो । अनि हेर्न जान परेन । त्यहाँ जान पनि नपाउने रु काठमाडौं उपत्यका बाहिर जान नपाउने रु क्या गज्जवको सरकार छ । मलाई जतिबेला काम पर्छ, त्यतिबेला म साँगा कटने होइन, नेपालको सहरभित्र जहाँ पनि घुम्न जानेछु । के कानूनले समाउँछ, के कानूनले थुन्छ, कुन लोकतन्त्रले थुन्छ ? त्यो म हेर्छु । जथाभावी गर्ने, मनपरी गर्ने । कहाँबाट ल्याएको यो देश । हाम्रो होइन । मौखिक आदेशमा जे पनि गर्न पाईन्छ ? हदबन्दी गर्ने चुनावमा जान नदिने, दलहरुलाई चुनावमा भाग लिन नदिने । अनि फागुन २१ मा चुनाव गर्ने रु पोलिटिकल पार्टीहरुसँग सम्वाद नगर्ने, निषेध गर्ने । दमन गर्ने । अनि फागुन २१ मा चुनाव हुन्छ भन्छ । यसरी सरकारले दिन दुनियालाई ढाँटेको हो । सोच नै यस्तै हो भने छोडिदिनुस यो काम लाग्दैन । ढाँटेको हो भने जनता सचेत छन काम लाग्दैन । यो चुनाव हुनेवाला छैन । त्यसकारण हामीले विघटित प्रतिनिधि सभा पुनस्थापना भनेको हो ।’

अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाडौं उपत्यका बाहिर नजान प्रतिवन्ध लगाएपनि आवश्यक परेका बेला देशको कुनैपनि शहरमा घुम्न जानसक्ने बताए ।

 

नेपो बेबी भनेर कलिलो मनमाथि आक्रमण भएको ओलीको दाबी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला नेपो बेबी भनेर नेता र व्यवसायीका छोराछोरीमाथि आक्रमण भएको बताएका छन्।

शनिबार एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा उनले त्यसले कलिला मनमाथि असर गरेको समेत उल्लेख गरे।

‘यो सम्भय समाज हो कि असभ्यहरूको भिड होरु,’ ओलीले भने, ‘एउटाको प्रश्न होइन। नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ। राम्रोसँग पढ्दैन।

विद्यालय जान छोड्छ मलाई नेपो बेबी भनेर पिट्छन कि भनेर।’‘माया गरेर हुर्काए, नेपो बेबी। एउटी राम्रै अनुहार लिएर, राम्रै पढेकी, कुनै अमिर बाबु आमाकी छोरी होइनन्,’ ओलीले भने, ‘उनका लागि अप्रत्यासित भयो।’

पूर्व मिस नेपाल शृखला खतिवडातर्फ लक्षित गर्दै उनी कुनै धनी बाउ-आमाकी छोरी नभएको समेत ओलीले बताए।

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकमा पुगे ओली सँगै अन्य नेताहरु (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ललितपुर पुगेका छन् ।

उनी केन्द्रीय कमिटीको बैठकमा सहभागि हुन् केही बेर अघि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा पुगेका हुन् । बैठक केही बेरमा सुरु हुँदै छ। ओलीलाई युवा संघले मोटरसाइकल स्कर्टिङ गरेर सुरक्षा दिदै त्यहाँ सम्म पुर्याएको हो ।बैठकमा सहभागी हुन नेताहरू बैठकस्थल पुगिरहेका छन्।

ललितपुर भनिमण्डलस्थित रामबाग महलमा आयोजित केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव गोकर्ण विष्ट लगायतका नेता पुगिसकेका छन्।

केन्द्रीय कमिटीका अन्य नेताहरू पनि बैठकस्थल पुगिरहेका छन्। जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका विषयमा टुंगो लगाउन एमालेले बैठक आह्वान गरेको हो।  बैठक आजदेखि सुरु हुँदैछ बैठक ३ दिनसम्म चल्नेछ ।

 

 

राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको हो । जेनजीको आन्दोलन चर्कंदै गएको छ । सोमबार प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ । यसबारे विस्तृत विवरण आइसकेको छैन ।

हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन् । गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए । उनको मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए । २ दिनको प्रदर्शनमा कम्तीमा २ जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा सम्पत्ति नष्ट भइसकेको छ । संसद भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारी प्रवेश गरिसकेका छन् । भैँसेपाटीको मन्त्री निवासबाट मन्त्रीहरूलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थान सारिएको छ ।

 

 

नागरिकलाई झन्झट र दुःख दिने कार्य सह्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउनु पर्ने बताएका छन् ।

बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।

निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुने बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुर्‍याउने मुख्य जिम्मेवारी हो । सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ । बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरुरी छ ।’

शुभकामना सन्देशमा भनिएको छ, ‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक छ । नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ । टेबल र कुर्चीबाट मात्र सेवा होइन, प्रविधिबाट विस्तार हुनुपर्ने बेला आएको छ ।’

पछिल्लो दिनमा निजामती सेवाका आदर्श, मूल्य मान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित देखिएकाले यस सेवाप्रति नागरिकको जनविश्वास घट्दै गुनासो सुनिएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सरकारलाई सहय नहुने स्पष्ट पारेका छन् ।

सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पण भाव मार्फत राज्यले नागरिकको विश्वास जित्न सक्छ भन्ने कुरा सबैले गहिरो रूपमा आत्मसात गर्न आवश्यक रहेकोमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको उच्च प्राथमिकतामा रहेको निजामती विधेयक संसदबाट पारित हुने क्रममा रहेको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन् । ‘यस निजामती कानूनले कर्मचारी वर्गको उन्नयनमा मात्र होइन, संघीयताको डेलिभरीमा नयाँ उचाइ दिनेछ,’ ओलीले भनेका छन्, ‘मुलुकमा मानव पुँजी व्यवस्थापन र परिचालनबाट प्रशासनिक संघीयताको एक फड्को तर्ने संघारमा हामी लागेका छौं ।’

प्रधानमन्त्री ओलीले सबै कर्मचारीहरुलाई उच्च मनोबलका साथ क्रियाशील हुन आह्वान पनि गरेका छन् । ‘नागरिकको दैनिक हात हातमा सेवाहरुलाई पारदर्शी, जिम्मेवार र परिणाममुखी ढङ्गले प्रवाह गर्ने बेला आएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘काम र जिम्मेवारी पन्छाउने होइन, मुलुकप्रति प्रतिबद्ध र नागरिकतर्फ संवदेनशील कर्मचारीको अपेक्षा नागरिकले राखेका छन् । यसका लागि सम्पूर्ण निजामती कर्मचारीहरु उच्च मनोवलका साथ अग्रपंक्तिमा क्रियाशील हुनुपर्ने आवश्यकता रहेको छ ।’

आजको युग प्रविधिमैत्री सुशासनको युग भएको भन्दै प्रधानमन्त्री ओलीले डिजिटल रुपान्तरण, ई–गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण र सहज एवं पहुँचयोग्य अनलाइन सेवा प्रवाहमार्फत नागरिकलाई छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनु निजामती सेवाको प्रमुख दायित्व भएको स्मरण गराएका छन् ।

राज्यका सेवालाई छरेर नभई एकैबिन्दुमा एकीकृत गरेर नागरिकको घरदैलोमा पुग्नुपर्ने बेला भएकाले नागरिक एपका माध्यमबाट सरकारले सेवालाई एकीकृत गर्ने नीति लिएको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरी सर्भिस म्यापिङ गरी नागरिकका आवश्यकताका आधारमा संस्थागत र नीतिगत पुनरावलोकन गरी सार्वजनिक खर्च, कार्यालय तथा दरबन्दी कटौतीमा जोड दिँदै आएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्रोत साधनको सर्वोतम उपयोग गर्ने र पारदर्शी प्रशासनिक अभ्यासलाई संस्थागत गर्ने कार्यमा निजामती सेवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा एवं राष्ट्रिय गन्तव्य हासिल गर्ने साझा यात्रामा राष्ट्रसेवक कर्मचारीहरुको प्रतिबद्धता र सिर्जनशीलता अपरिहार्य रहेकामा जोड दिएका छन् । नयाँ पुस्ताको आकांक्षा, प्रविधिमा आधारित सेवा प्रवाह, अन्तर्राष्ट्रिय स्तरणा बढ्दो प्रतिस्पर्धा र दिगो आर्थिक–सामाजिक रुपान्तरण तर्फको यात्रामा निजामती सेवाको योगदानलाई अभ्झ सबल र गतिशील बनाउनै पर्नेमा उनको जोड छ । व्यावसायिक, पारदर्शी, नवप्रवर्तनशील र नागरिकमैत्री प्रशासन निर्माणका लागि सम्पूर्ण निजामती राष्ट्र सेवकहरुले आ–आफ्नो कर्तव्यलाई जिम्मेवार ढङ्गले निर्वाह गर्नेमा प्रधानमन्त्रीको विश्वास छ ।

विदेश नीतिमा ओली जस्तो अडान लिने हैसियत अरू नेतामा छैन : मुमाराम खनाल

काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले परराष्ट्र मामिलामा आफ्ना कुरा प्रष्ट राख्न सक्ने हैसियतका नेपालका समकालीन नेतामध्ये केपी शर्मा ओलीमा मात्र रहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा भारत र चीनले लिपुलेक नाकाबाट व्यापार गर्न गरेको सहमतिविरूद्ध खुलस्त रूपमा नेपालको धारणा राखेको कुरालाई उल्लेख गर्दै खनालले सामाजिक सञ्जालमार्फत यस्तो दावी गरेका हुन् ।

उनले एक्समा लेखेका छन्, ‘प्रम ओलीप्रति थुप्रै आलोचनाहरू छन्, तर कांग्रेस र माओवादीका सामयिक नेताहरूमध्ये विदेशी मामिलामा आफ्ना कुरा प्रष्ट राख्न सक्ने हैसियतका नेता केपी ओली नै हुन् ।’ एससिओ सम्मेलनमा भाग लिन शनिबार चीन पुगेका ओलीले चीन र भारतका राष्ट्र प्रमुखसँगको भेटमा सीमाको कुरा उठाएका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा ओलीले स्पष्ट रूपमा आपत्ति प्रकट गरेका थिए । ओलीले लिएको अडानको नेपालमा तारिफ भइरहेको छ । तर भारत र चीनले यसबारे खुलेर कुनै प्रतिक्रिया भने जनाएका छैनन् ।