`

विदेश नीतिमा ओली जस्तो अडान लिने हैसियत अरू नेतामा छैन : मुमाराम खनाल

Nepal One HD १८ भदौ २०८२ १६:३३
नेकपा एमाले

काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले परराष्ट्र मामिलामा आफ्ना कुरा प्रष्ट राख्न सक्ने हैसियतका नेपालका समकालीन नेतामध्ये केपी शर्मा ओलीमा मात्र रहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा भारत र चीनले लिपुलेक नाकाबाट व्यापार गर्न गरेको सहमतिविरूद्ध खुलस्त रूपमा नेपालको धारणा राखेको कुरालाई उल्लेख गर्दै खनालले सामाजिक सञ्जालमार्फत यस्तो दावी गरेका हुन् ।

उनले एक्समा लेखेका छन्, ‘प्रम ओलीप्रति थुप्रै आलोचनाहरू छन्, तर कांग्रेस र माओवादीका सामयिक नेताहरूमध्ये विदेशी मामिलामा आफ्ना कुरा प्रष्ट राख्न सक्ने हैसियतका नेता केपी ओली नै हुन् ।’ एससिओ सम्मेलनमा भाग लिन शनिबार चीन पुगेका ओलीले चीन र भारतका राष्ट्र प्रमुखसँगको भेटमा सीमाको कुरा उठाएका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा ओलीले स्पष्ट रूपमा आपत्ति प्रकट गरेका थिए । ओलीले लिएको अडानको नेपालमा तारिफ भइरहेको छ । तर भारत र चीनले यसबारे खुलेर कुनै प्रतिक्रिया भने जनाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *