नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकमा पुगे ओली सँगै अन्य नेताहरु (तस्बिरहरु)

नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ललितपुर पुगेका छन् ।
उनी केन्द्रीय कमिटीको बैठकमा सहभागि हुन् केही बेर अघि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा पुगेका हुन् । बैठक केही बेरमा सुरु हुँदै छ। ओलीलाई युवा संघले मोटरसाइकल स्कर्टिङ गरेर सुरक्षा दिदै त्यहाँ सम्म पुर्याएको हो ।बैठकमा सहभागी हुन नेताहरू बैठकस्थल पुगिरहेका छन्।
ललितपुर भनिमण्डलस्थित रामबाग महलमा आयोजित केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव गोकर्ण विष्ट लगायतका नेता पुगिसकेका छन्।
केन्द्रीय कमिटीका अन्य नेताहरू पनि बैठकस्थल पुगिरहेका छन्। जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका विषयमा टुंगो लगाउन एमालेले बैठक आह्वान गरेको हो। बैठक आजदेखि सुरु हुँदैछ बैठक ३ दिनसम्म चल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको