`

सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा रु दुई हजार २ ०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८२५ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५६ हजार ६००निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ९०५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद–बिक्री भइरहेको छ ।

सुनको मूल्य फेरि तोलाको २ लाख ५० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले फेरि तोलाको दुई लाख ५० हजार रुपैयाँ नाघेको छ । तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार र बुधबार तोलामा ६१ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार चार सय रुपैयाँ घटेर दुई लाख ४८ हजार चारसय रुपैयाँमा झरेको थियो । गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुई लाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो ।

सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ६५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार तीन सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।

सुनको भाउ आज एकै दिन पाँच हजारले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार १७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ११ हजार २५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७१८ रुपैयाँमा कारोबार भईरहेको छ ।

दुई दिनमा ३४ सय बढेको सुनको मूल्य आज कति छ ?

काठमाडौं । गएको दुई दिन लगातार बढेको सुनको मूल्य आज (सोमवार) भने स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुनको भाउ स्थिर भएको हो । आइतबार प्रतितोला सुन २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको सुन सोमवार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

चाँदीको भाउमा भने केही वृद्धि भएको महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ५ रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ । सुनको मूल्य गएको शुक्रबार र हिजो (आइतबार) लगातार बढेको थियो । शुक्रबार तोलामा दुई हजार सातसय रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलामा सातसय रुपैयाँ बढेको थियो ।

गत साताका चार दिनमा सुनको मूल्य तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको थियो । गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म ९१३ दिनको अवधिमा० सुनको मूल्य तोलामा ३४ हजार आठ सय रुपैयाँ बढेको थियो । गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो ।

फेरि बढ्न थाल्यो सुनको मूल्य, चाँदीको कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेर सुनको भाउ २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार मात्रै सुनको मूल्यमा प्रतितोला २७ सय रुपैयाँको वृद्धि भएको थियो ।

यो साता सुनको मूल्यमा उतारचढाव कायमै रहेको देखिन्छ । यसअघि असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो । आज चाँदीको मूल्य भने सामान्य घटेको छ । प्रतितोला ५ रुपैयाँले कमी आई चाँदी ३०५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

लगातार ओरालो लागेको सुनको भाउ कतिसम्म घट्ला ?

काठमाडौं । हालसम्मकै उच्च बनेर रेकर्ड तोड्दै गइरहेको सुनको भाउ फेरि पछिल्ला दिनहरुमा ओरालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । गत आईतवार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमवार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो ।

आज (मंगलवार) फेरि प्रतितोला दुई हजार ९ सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलवार सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यसरी पछिल्लो दिनहरुमा ओरालो लागेको सुनको भाउ अझै घट्ने व्यवसायीहरुको आकलन रहेको छ । महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्राचार्यले सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्ने भन्दा पनि निरन्तर ओरालो लाग्नेक्रममा रहेको बताए । उनकाअनुसार प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको भाउमा भारी गिरावट आइसकेको छ, यो क्रम निरन्तर चल्ने देखिन्छ । पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ घट्ने क्रम शुरु भएको हो ।

महासंघका उपाध्यक्ष बज्राचार्यले भने, ‘सुनको भाउ धेरै नै बढिसकेको थियो, दुई लाख ५८ हजार भनेको धेरै नै बढी सकेको अवस्था हो । कुनै न कुनै दिन झर्न त पर्ने नै हो । अब माथि गएर झर्छ कि अब यहिँबाट झर्छ भन्ने कुरा थियो । तर यो बीचमा तिहार थियो । तिहारमा खासगरी नेपालसँगै भारतमा धेरै सुनको खपत हुन्छ । धेरै खपत हुने हुँदा भाउ बढ्न अलिकति मद्दत गरिरहेको थियो । चाडपर्व सकिएसँग भारतमा पनि अलिकति माग घटेको छ ।’

उनले भने, ‘यहिँ दौरानमा जुन अस्तीको दिनहरूमा अमेरिकाले चाइनालाई जुन ट्यारिफहरू बढाइसकेपछि चाइनाबाट जुन रियर अर्थ चाइनाले अमेरिकामा सप्लाई गर्दिन भनेर नगरेको अवस्था देखियो । त्यसले गर्दा अमेरिकामा भएका इलेक्ट्रोनिक्स कम्पनीहरूमा असर पुग्यो र त्यो कारणले गर्दा पछिल्लो पटक अमेरिकामा अलिकति अन्योलको वातावरण भइसकेपछि पनि सुनको भाउहरू माथि जान चाहीँ नि मद्दत गरिरह्यो । नेपालमा तिहार चलिरहेका बेला अमेरिकाले अस्ट्रेलियासँग रियर अर्थको विषयमा एउटा सम्झौता गरेको छ । अस्ट्रेलियाले हामी दिन्छौँ अमेरिकालाई रियर अर्थ भनेर भनिसकेपछि सम्झौता भयो । एउटा कारण त्यो पनि हो ।’

उनी भन्छन्, ‘अर्को एउटा कारण अब यो दुई–तीन दिन अगाडि मात्रै अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहीँ एशियन कन्ट्रीहरूको भ्रमण गरेको अवस्था देखियो । र चिनियाँ राष्ट्रपतिसँग पनि कुरा भएको भन्ने सुनियो र त्यसमा सम्झौता भएको पनि छ, यो बिजनेसको विषयमा र त्यसले गर्दा अब चाहीँ केही मन्थर हुन्छ र अमेरिकाको जुन ट्रेड वार जुन थियो, त्यो अलिकति हल्का हुन्छ भन्ने हिसाबले नै यो अहिले सुनमा लगानी गर्नेहरू अरू सेक्टरमा डाइवर्ट भएको देखियो । अहिले यो दुई–चार दिनदेखि हामी देख्दैछौँ अमेरिकाको जुन डाउ जोन्स लगायतका शेयर मार्केटहरू अलिकति बढेको देखिएको छ । यसको मतलब अलिकति मान्छे सुनबाट अरू सेक्टरमा डाइवर्ट भएको देखियो । त्यो कारणले गर्दा खेरि पनि अहिले सुनको माग अलि कम भएको छ र सुन अलिकति घटेको हो ।’

बज्राचार्यकाअनुसार अहिले सुनको भाउ घटेपनि खासै कारोबार भएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा टे«ड वार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइवर्ट भएको देखिएकाले सुनको किनबेच कम भएको छ । पछिल्ला परिस्थितिहरु आंकलन गर्दा अहिले तत्कालै सुन प्रतिऔंस दुई–चार सय डलर घट्ने सम्भावना रहेको उनले बताए । –न्युज एजेन्सी नेपाल

एकै दिन ११ हजार बढीले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपालीहरूको महान पर्व तिहारको बिदा सकिएर बजार खुलेसँगै सुनको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको भारी गिरावटको प्रभावस्वरूप आइतबार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो तिहारअघिको मूल्यभन्दा निकै कम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, तिहार बिदाअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावटले नेपाली बजारमा पनि ठूलो प्रभाव पारेको छ।

अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको थियो । ‘द फाइनान्सियल टाइम्स’ का अनुसार, मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको थियो । यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो, जसले विश्वभरका लगानीकर्ताहरूलाई चकित पारेको छ ।

गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,११३ डलरमा कारोबार भइरहेको थियो । सामान्यतया शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुने भएकाले सोमबारदेखि यसको थप प्रभाव देखिने अपेक्षा गरिएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गते चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ८० रुपैयाँ थियो ।

लगानीकर्तामा अन्योल : सुनको मूल्यमा आएको यो अप्रत्याशित गिरावटले लगानीकर्ताहरूमा अन्योल सिर्जना गरेको छ । लगातार नयाँ कीर्तिमान बनाइरहेको सुनको मूल्यमा यति ठूलो कमी आउनुले बजारमा नयाँ तरंग पैदा गरेको छ । आगामी दिनमा सुनचाँदीको बजार कता जान्छ भन्ने चासो सर्वत्र बढेको छ ।

 

एकै दिन सात हजारले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) एकै दिन सुनको भाउ तोलामा सात हजार एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँ बढेको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ । त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको साढे दुई लाखमाथि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार ९०० रुपैयाँ तोकिएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

एकै दिन साढे आठ हजारले बढेर सुनको मूल्यले बनायो रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ८ हजार ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार ८ हजार ५ सय रुपैयाँले बढेर आज एक तोला सुनको मूल्य २ लाख ४८ हजार ५०० कायम भएको छ ।

सोमबार प्रतितोला सुन २ लाख ४० हजारमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज एक तोला चाँदी भाउ ३ हजार ३२५ रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सोमबार सोही परिमाणको चाँदी ३ हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउमा गिरावट

काठमाडौं । लगातार पाँच दिन उच्च मूल्यको रकर्ड बनाएको सुनको मूल्यमा आज (शुक्रबार) भने सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको छ ।

चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी रु तीन हजार २५ मा खरिद बिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सुनको मूल्य निरन्तर अकासिँदो, आज तोलाको कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपालका स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले बढेर रु दुई लाख ३५ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ ।

सोमबार एक तोला चाँदी रु दुई हजार ९६० मा खरिद बिक्री भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ३० हजार ६०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ९३० मा क्रय विक्रय भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

दुई दिनमै १० हजारले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार (असोज १९) छापावाल सुन प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यस दिन सुनको मूल्य एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढेको थियो ।

सोमबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० मा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सुनको मूल्य बढेर नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य बढेर नयाँ कीर्तिमान बनाएको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला दुई लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । अघिल्लो दिन दुई लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ६ सय रुपैयाँ थियो । चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।