सुनको मूल्य बढेर नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य बढेर नयाँ कीर्तिमान बनाएको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला दुई लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । अघिल्लो दिन दुई लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ६ सय रुपैयाँ थियो । चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट