फेरि बढ्न थाल्यो सुनको मूल्य, चाँदीको कति छ ?
अर्थ समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेर सुनको भाउ २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार मात्रै सुनको मूल्यमा प्रतितोला २७ सय रुपैयाँको वृद्धि भएको थियो ।
यो साता सुनको मूल्यमा उतारचढाव कायमै रहेको देखिन्छ । यसअघि असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो । आज चाँदीको मूल्य भने सामान्य घटेको छ । प्रतितोला ५ रुपैयाँले कमी आई चाँदी ३०५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
