कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित
समाचार
सुर्खेत / कर्णाली प्रदेशसभाको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिएका छन् ।
यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो । बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसद्मा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
