`

विकास न्युजको बार्गेनिङकारिता, रकम नपाएपछि धम्की दिएको आरोप !

Nepal One HD ३० असार २०८० १५:१८
प्रमुख खबर

काठमाडौं / व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईँले आफूलाई विकास न्युजले लगाएको आरोप झुट र कपोकल्पित भएको बताउनुभएको छ । आफूले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको भन्दै विभिन्न मिडियामा आएको समाचार केबल प्रोपोगान्डा र झुटको फेहरिस्त भएको उहाँले बताउनुभयो ।

विकास न्युज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की भन्दै विभिन्न समाचार माध्यममा समाचार आएपछि हामीले प्रसाईँसँग यस बारे बुझ्न खोज्यौ ।

जवाफमा प्रसाईँले विकास न्युजको सम्पादकले पटक पटक फोन गरेर रकम मागेको र आफूले रकम नदिएपछि उल्टै हामीलाई तौलिने पख जानेको छु भन्दै धम्की दिएको बताउनुभयो । ‘मलाई म्यासेजमै हामीलाई तौलिन खोज्या भन्दै धम्कायो त्यसलाई पनि मैले वास्ता नगरेपछि झुट समाचार छाप्दै पत्रकार महासङ्घ गुहारेछन्, धिक्कार छ यिनको पत्रकारिता ।’, प्रसाईँले भन्नुभयो ।

तपाइसँग बार्गेनिङ गरेको के प्रमाण छ त भन्ने प्रश्नमा प्रसाँईले हामीलाइ एक स्कृनसट पठाउनुभयो । प्रसाईँले पठाउनुभएको स्कृनसट जस्ताको तस्तै प्रकाशित गरेका छौ ।

पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईँलाई करोडौ‌ रुपैयाँ माग गरेर ज्यान मार्ने धम्की दिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । आफ्ना विषयमा आएका झुट समाचारका विषयमा आफू प्रेस काउन्सिलमा जाने प्रसाईँले बताउनुभयो । आफू प्रेस स्वतन्त्रता पक्षमा सधैँ उभिएको बताउँदै उहाँले परिपत्रकारिताको हल्लामा कोही पनि नलाग्न अनुरोध गर्नुभयो ।

समाचारको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रसाईँले एक विज्ञप्तिसमेत जारी गर्नुभएको छ । हेर्नुहोस् प्रसाईँको विज्ञप्ति :


प्रतिक्रिया