`

काठमाडौँ शान्ति समाजमा नयाँ नेतृत्व

Nepal One HD १५ साउन २०८० १९:०५
समाज

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २६औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।

साधारणसभाले भगवान् पुडासैनीको सभापतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपसभापतिमा विकास थापा, सचिवमा सार्जन चापागाईं, सहसचिवमा रोजिना बिष्ट, कोषाध्यक्षमा सानु लामा निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा रविना धमला, रेखा बस्नेत, नरेन्द्र श्रेष्ठ, सुरज बोहरा, सुन्दरराज पुडासैनी, मणिराम दाहाल, बुद्धराज रिसाल निर्विरोध निर्वाचित हुनुभएको हो । तीन जना जिल्ला कार्यसमिति सदस्य जिल्ला समितिले मनोनित गर्ने जनाइएको छ । ‘चुरे ध्वस्त पार्न पाइँदैन : मरभूमिकरण गर्ने नीति चाहिँदैन’ भन्ने नाराका साथ सम्पन्न भएको उद्घाटन साहित्यकार यादव खरेलले गर्नुभएको थियो ।

शान्ति समाजले राजनीतिक शुद्धता र भ्रष्टाचार अन्त्यका लागि आवाज उठाउनुपर्ने उहाँको भनाइ थियोे । कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाईं, वरिष्ठ उपसभापति कृष्ण रावल, महासचिव रेनुका पौडेल, शिक्षा अभियानकर्मी महेन्द्र भट्टराईलगायतले शान्ति र मानव अधिकारका बारेमा भएका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।


प्रतिक्रिया