`

युवाहरुले आफुलाई सक्षम बनाएर देशको बिकास र समृद्धिको जिम्मेवारी बहन गर्नुपर्छ :खेलकुदमन्त्री लिम्बु

Nepal One HD २६ साउन २०८० ११:५५
राजनीति

काठमाडौँ / युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले देशको बिकास र समृद्धिको जिम्मेवारी युवाहरुको भएको बताउनुभएको छ ।

अन्तरर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित युवा पदयात्रामा मन्त्री लिम्वुले सवै युवाहरुले आफुलाई सक्षम बनाएर देशको बिकास र समृद्धिको जिम्मेवारी बहन गर्न तयारी गर्नुपर्ने बताउनुभएको हो ।

उहाले रोजगारीको व्यवस्था लगाएतमा युवाहरुको असन्तुष्टिलाई सम्बोधन गर्न सरकार तयार रहेको जिकिर गर्नुभयो । मन्त्री लिम्बुले युवाहरुका लागि देशमै काम गर्ने अवस्था सिर्जना हुने भन्दै अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको धारणा राख्नुभयो । उहाले मुलुकमा भएको परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने र संविधानमा भएका अधिकारहरुलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै मन्त्री लिम्बुले मुलुकको आर्थिक बिकासका लागि पनि एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


प्रतिक्रिया