`

मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्छ :अर्थमन्त्री महत

Nepal One HD २७ साउन २०८० १६:३४
राजनीति

काठमाडौँ / अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संजाल (आयोन) ले शनिबार ललितपुरमा आयोजना मन्त्री महतले कोरोना, अन्तराष्ट्रिय परिस्थीति लगाएतका कुराले आर्थिक क्षेत्रमा देखिएको समस्या अस्थायी भएको भन्दै अव मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने बताउनुभएको हो । उहाँले मुलुक बिकासको बाटोतर्फ अघि बढेको र यहि प्रयाप्त अवसर रहेकाले स्वदेशमा नै अवसरको खोजी गर्न युवाहरुलाई आग्रह गर्नुभयो । लामो समय विदेशमा बसेर फर्केकाहरुले पनि नयाँ नयाँ प्रविधिको प्रयोग गरेर नेपालमा नै व्यवसाय गरिरहेको उहाले बताउनुभयो । मन्त्री महतले बजेटको न्यूनताका बाबजुत युवा उद्यमशिलता र सूचना प्रविधि क्षेत्रमा ठूलो रकम छुट्टाएको जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री महतले अहिले मुलुकमा विदेशी लगानी र सहयोग लिनका लागी प्राथमिकता निर्धारण गर्ने र आन्तरिक स्रोतलाई बलियो बनाउने गरि अर्थमन्त्रालयले काम गरिरहेको बताउनुभयो ।


प्रतिक्रिया