`

कांग्रेस संसदीय दलको बैठक बस्दै

Nepal One HD २८ साउन २०८० ९:१४
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।

पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बस्न लागेको हो ।

बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने बताईएको छ ।

बिहिबार सिआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा डा. शर्मालाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतको आदेशसँगै उनलाई पक्राउ गरेको दुई दिनमै थुनामुक्त गरिएको थियो ।


प्रतिक्रिया