`

संसद्को अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल

Nepal One HD ३१ साउन २०८० १२:१२
प्रमुख खबर

काठमाडौँ/ प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद् अवरोध खुलाउने बारे सत्तारूढ दलहरूबीच छलफल भएको छ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ दलहरूको बैठकमा नेताहरूले संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्नुभएको हो।

बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो।


प्रतिक्रिया