देशको बिकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्छ : देउवा


काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशको बिकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको बिकासका लागिसशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले जनताको सेवामा निजामती कर्मचारीले विना अवरोधका साथ काम गर्न पाउनुपर्ने धारणा राख्नुभयो । लोकतन्त्रीक संविधान अनुसार दलहरु लोकतन्त्रीक हुदैँ गएको भन्दै उहाँले अहिलेको व्यवस्थालाई बलियो बनाउन सवै चनाखो हुनुपर्ने जिकिर गर्नुभयो ।
त्यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले संघीय निजामती सेवा ऐनलाई छिटै सदनमा प्रस्तुत गर्ने बताउनुभयो । उहाँले ऐनका माध्यमबाट कर्मचारीहरुको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संघीय निजामती सेवा बनाउदा ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको समेत बताउनुभयो ।