`

कोशी प्रदेश सरकारविरुद्ध एमाले आज सर्वोच्च जाने

Nepal One HD ६ भदौ २०८० ९:०२
प्रमुख खबर

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएको छ।

गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको हो।

संसद्को अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेले बताएको छ।

अहिलेको सरकार असंवैधानिक भन्दै खारेज गर्न र ठूलो दलका हिसाबले एमालेको सरकार बनाउन माग गर्दै रिट दायर गर्न लागिएको कोशी प्रदेश एमाले दलका उपनेता रामबहादुर राना मगरले बताउनुभयो । यसअघि गएको असार २२ पनि एमाले अदालत गएको थियो। सभामुखको समेत हस्ताक्षर लिएर सरकारमा दाबी गरेको भन्दै अदालत पुगेको एमालेको मुद्दामाथि सुनुवाइ गर्दै उद्धव थापाको नियुक्ति सर्वोच्चले बदर गरिदिएको थियो।


प्रतिक्रिया