राष्ट्रिय दलका शीर्ष नेताको बैठक सिंहदरबारमा बस्दै

राजनीति

काठमाडौँ । राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ ।
बैठक आज बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मङ्गलवार बस्न नसकेको बैठक आज बस्न लागेको हो ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
यसअघि, सोमबार राति बसेको शीर्ष नेताहरूको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेको थियो ।
आजको बैठकमा मस्यौदा समितिले ड्राफ्ट शीर्ष नेतालाई बुझाउने र शीर्ष नेताले त्यसलाई अन्तिम रूप दिने तयारी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट