एमाले र राप्रपाद्वारा कोशी प्रदेशसभाको बैठक बहिष्कार

प्रमुख खबर

काठमाडौँ / कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरुले बहिष्कार गरेपछि प्रभावित भएको छ ।
बुधबार बसेको बैठक सुरु हुने बितिकै एमाले र राप्रपाका सांसदहरुले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लङ्घन भएको भन्दै बहिष्कार गरेका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले पनि थापाको पक्षमा मत दिनुभएको थियो । एमाले र राप्रपाका सांसदले नारावाजी गर्दै बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित गर्नुभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट