कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभई समग्र मुलुकको समृद्धि हुन सक्दैन : प्रधानमन्त्री दाहाल


काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभई समग्र मुलुकको समृद्धि हुन नसक्ने बताउनुभएको छ ।
गौरा पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहले आयोजनामा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लामो समयदेखि सुदूरपश्चिमको चाहना, आवश्यकता र भावनालाई बुझेर काम गर्दै आएको भन्दै कर्णाली सुदूरपश्चिमका जनताको विकास नभई मुलुकको समृद्धि सम्भव नरहेको बताउनुभएको हो । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालयमा जोड दिएको र अहिले तेश्रो पटक प्रधानमन्त्री हुँदा गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढिसकेको जिकिर गर्नुभयो । उहाले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । गौरा पर्वको तिथि किटान भए सरकारका तर्फबाट सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पहल गर्ने घोषणा गर्नुभयो ।
त्यस्तै काँग्रेस सभापति शेर बहादुर देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउने घोषणा गर्न आफूले पहल गर्ने र प्रधानमन्त्री पनि सकारात्मक रहेको जिकिर गर्नुभयो । गौरा पर्व अहिले सुदूरपश्चिममा मात्रै नभई मुलुकका साथै भारतका केही भागहरुमा समेत मनाइने गरेको उहाले बताउनुभयो । गौरा पर्व समग्र मुलुकको गौरवको विषय भएको उहाँको भनाइ छ ।
कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा लगाएतले देउडामा नाचगान गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । गौरा ९पार्वती०को पूजा गरी मनाइने उक्त पर्वमा आत्मशान्तिसँगै मोक्ष प्राप्त हुने विश्वास छ ।