`

कोशी अनेरास्ववियुको अध्यक्षमा जिबि गजल सर्वसम्मत निर्वाचित

Nepal One HD १६ भदौ २०८० ११:४६
प्रमुख खबर

काठमाडौं – नेकपा (एमाले) निकट अनेरास्ववियुको कोशी प्रदेश कमिटीको अध्यक्षमा जिबि गजल सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार र शनिबार दुई दिन भएको प्रथम अधिवेशनले सुनसरीका गजललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

यसैगरी, प्रदेश कमिटीको उपाध्यक्षद्वयमा अकित थापा (धनकुटा) र नारायण पोख्रेल (झापा) चयन भएका छन् भने सचिवमा सन्तोष घिमिरे (मोरङ), सह–सचिवहरुमा प्रवेश ठकुरी (उदयपुर), पारस राई (इलाम), लक्ष्मी न्यौपाने (झापा) र रञ्जना घतानी (तेह्रथुम) तथा कोषाध्यक्षमा नवराज घिमिरे चयन भएका छन् ।


प्रतिक्रिया