महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: एमाले सचेतक बर्तौला

प्रमुख खबर

काठमाडौँ / एमाले सचेतक महेश बर्तौलाले महेन्द्र यादवमाथि भएको आक्रमणको भत्र्सना गर्दै घटनाको प्रधानमन्त्रीले जिम्मा लिएर जवाफ दिनुपर्ने बताउनुभयो ।
आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीले यस घटनाको जिम्मा लिएर जवाफ दिनुपर्ने बताउनुभएको हो ।
नेताहरुमाथि पटक पटक आक्रमण भइरहदा अपराधीहरुलाई प्रश्रय मिल्ने गरि अभिव्यक्तिहरु आउनु उचित नभएको भन्दै राज्यले गम्भीर रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै बर्तौलाले कान्ति बाल अस्पतालमा समयमा नै उपचार नपाउदा बालिकाको मृत्यु अस्पतालको चरम लापरवाही भएकाले अस्पताल प्रशासनले जिम्मेवारी लिनुपर्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट