अध्यक्ष नेपालले भने– अर्को पार्टीसंग एकताको सम्भावना छैन


काठमाडौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले नै अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । आज काठमाडौंमा समाजवादी पेशागत कानून व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटनका क्रममा अध्यक्ष नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउनका लागि बिचार मिल्नेहरुको समाजवादी मोर्चा बनाएपनि अहिले नै अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
आफ्नो पार्टीको अस्तित्व स्वीकार नगर्ने र अनुहार नै देख्न नचाहने प्रवृत्तिसंग एकताको गीत गाएर हिड्नुको कुनै अर्थ नरहेको भन्दै उनले नेकपा एकीकृत समाजवादीलाई दृढताका साथ अघि बढाउने बताए ।
उनले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफुहरुले विद्रोह गर्नुपरेको पनि स्पष्ट पारे । अध्यक्ष नेपालले गठबन्धन सरकारबाट बारिहिने कुरा पार्टीलाई सिद्धाउने कुरा मात्रै रहेको र कांग्रेसलाई बिच्काएर मुलुक निर्माणको सिंगो अभियानलाई धराशायी बनाउने दिशातर्फ जान नसकिने बताए । राजनीतिक व्यवस्थाको परिवर्तनसंगै जनताको अवस्थामा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनको कुनै अर्थ नरहने उनको धारणा छ ।