`

मन्थली विमानस्थल प्रमुख थापा निलम्बित

Nepal One HD १७ कार्तिक २०८० १३:२०
अर्थ समाचार

काठमाडौ– मन्थली विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका छन् । उनलाई नागरिक उड्डयन प्राधिकरणले आज निलम्बन गरेको छ। शुक्रबार विमानस्थल परिसरमा तारा एयरका दुई पाइलटबीच भएको विवादको छानबिन गर्नका लागि विमानस्थल प्रमुखलाई निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विमानस्थलमै झगडा गर्ने पाइलटद्धय सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स पनि निलम्बन गरेको छ । राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै प्राधिकरणले तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको हो ।


प्रतिक्रिया