`

सर्वोच्चको फैसलाले साहस थप्यो– भारती

Nepal One HD १७ कार्तिक २०८० १५:३१
प्रमुख खबर

काठमाडौ– रिगलको आममाफीविरुद्धको रिट निवेदक भारती मानन्धरले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन् । रिगल भनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो राज्य हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिइन् ।

फैसलापछि आफूले न्यायाधीशहरुप्रति शब्दमा धन्यवाद पनि व्यक्त गर्न नसकेर न्यायलयको सम्मानमा सर्वोच्चको सिँढीमा ढोगेको उनले स्पष्ट पारिन । सरकारका कुर्सीहरु बिकिसकेकाले न्यायाधीशको कुर्सी पनि बिक्छ भन्ने आफ्नो धारणा फैसलाले गलत सावित गरिदिएको उनले बतायन् ।

सरकारजस्तै न्यायलय पनि बिकेको छ कि भनेर आफ्नो विश्वास डग्मगाइरहेको अवस्थामा त्यो गलत साबित भएको उनको भनाइ छ । उनले अन्यायमा परेका आम पीडितहरुलाई न्यायका लागि लड्न समेत आह्वान गरेकी छन् । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले संविधान दिवशको अवसर पारेर आममाफी दिएको थियो ।


प्रतिक्रिया