`

भूकम्पमा ज्यान गुमाएका परिवारलाई २ लाख रुपैयाँ दिने सरकारको निर्णय

Nepal One HD १९ कार्तिक २०८० १२:२६
प्रमुख खबर

काठमाडौ– सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल राहतस्वरुप पहिलो चरणमा उक्त सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसैगरी भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । बैठकले प्रभावितका लागि विदेशी सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया