`

राष्ट्रबैंकद्वारा तिहार लक्षित सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु

Nepal One HD १९ कार्तिक २०८० १५:२५
अर्थ समाचार

काठमाडौ– नेपाल राष्ट्र बैंङ्कले तिहारलाई लक्षित गरेर सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बैंङ्कले चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २ दशमलव ५, ५ र १० ग्रामको असर्फी बिक्री सुरु गरेको हो ।

कार्तिक २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न सकिने बैंकले जनाएको छ । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । बैंकले हरेक बर्ष तिहारका अवसरमा सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको छ ।


प्रतिक्रिया