`

दुर्गा प्रसाईंको आन्दोलनमा राप्रपा नेपालका अध्यक्ष थापाको समर्थन

Nepal One HD ८ मंसिर २०८० १०:०१
प्रमुख खबर

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि समर्थन गरेका छन् । बिहीबारदेखि काठमाडौँमा शुरु भएको थापाले पनि समर्थनगरेकाहुन् ।

उनले भने – ‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौँमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु, राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको म उच्च सम्मान गर्दछु’

उनले भने ‘जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दछु ।’ –


प्रतिक्रिया