`

कोसीमा प्रतिस्थापन बजेट विधेयक पारित, प्रदेश सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट

Nepal One HD ९ मंसिर २०८० १८:०३
अर्थ समाचार

विराटनगर– कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयक मार्फत चालु आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ३५ लाख रुपैया बराबरको बजेट ल्याएको छ । कोसी प्रदेशमा पटक पटक सरकार परिवर्तन र अस्थिरताका कारण जेठ मसान्त भित्रै बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान भएपनि आर्थिक वर्षको पहिलो चौमासिक बितिसकेपछि मात्रै सरकारले अध्यादेशमार्फत ल्याएको बजेट भन्दा करिब ४० करोड बढीको बजेट ल्याएको हो । तत्कालिन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गत जेठ ३२ गते ३६ अर्ब २४ करोड ३५ लाख रुपैया बराबरको बजेट पेश गरेका थिए ।

मुख्यमन्त्री कार्कीले बजेटमा सामान्य हेरफेर गरेको र केहि योजनाहरु कटौती गरेर प्रदेश सांसदहरुको हैसियत र अवस्थालाई अघि बढाउन खोजिएको बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्र्री केदार कार्कीले शनिवार बसेको प्रदेश सभाको चौथो अधिवेशनको ९ औं बैठकमा कोसी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको बनेको कोसी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० पेश गरेका हुन् ।

कोशी प्रदेश सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा पूँजीगत तर्फ २० अर्ब ३८ करोड १५ लाख रुपैया र चालू खर्च तर्फ १२ अर्व ६८ करोड १० लाख रुपैया छुट्याएको छ । यस्तै, स्थानीय तहलाई वित्तिय हस्तान्तरणका लागि ३ अर्ब ६६ करोड ७३ लाख रुपैया विनियोजन गरिएको छ । मुख्यमन्त्री कार्कीले पेश गरेको प्रतिस्थापन विधेयक प्रस्ताव र्सवसम्मतिले पारित भएको छ । प्रतिस्थापन विधेयक माथि आइतवार देखि सैद्धान्तिक छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।


प्रतिक्रिया