`

आज दिनभरको मौसम कस्तो रहला ?

Nepal One HD १३ मंसिर २०८० ८:५३
समाज

काठमाडौं – बुधवार केही प्रदेशका पहाडी भू -भागमा सामान्य बदली रहने छ। जल तथा मौसम विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आन्शिक प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


प्रतिक्रिया