`

कोशी प्रदेशको बजेट सर्वसम्मत पारित

Nepal One HD १३ मंसिर २०८० १७:३६
अर्थ समाचार

काठमाडौँ / कोशी प्रदेश सरकारले प्र्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।

बुधबार बसेको कोशी प्रदेशसभाको बैठकमा प्रतिस्थापन विधेयकमाथिको छलफल सकिएपछि ध्वनी मतका आधारमा विधेयक सर्वसम्मत रुपमा पारित भएको हो ।

उक्त विधेयकमाथि आठ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए । मुख्यमन्त्री केदार कार्कीले बजेटले अन्याय गरेको क्षेत्रमा कानुनको सुविधा प्रयोग गरेर सच्याउने प्रतिवद्धता गरेपछि एमालेका तर्फबाट राखिएको प्रस्ताव फिर्ता भएको थियो ।

तत्कालिन मुख्यमन्त्री हिक्कतकुमार कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका ल्याउनुभएको थियो भने शनिबार अध्यादेश प्रतिस्थापन विधेयक मार्फत मुख्यमन्त्री केदार कार्कीले ५० करोड थप गर्दै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।


प्रतिक्रिया