`

कृषिमा सक्रिय जनसंख्यामध्ये महिलाको सहभागिता ३४ प्रतिशत, सबैभन्दा धेरै गण्डकीमा

Nepal One HD १४ मंसिर २०८० १६:३९
अर्थ समाचार

ललितपुर– नेपालको कृषि जनसंख्यामा महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको कृषि जनगणनाले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार ललितपुरमा दीगो विकास लक्ष्यको सूचकसार्वजनिक गर्दै कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने नेपालको जम्मा कृषि जनसंख्यामा महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको जनाएको हो । प्रदेशगत रुपमा सवै भन्दा बढि गण्डकी प्रदेशमा ३८ दशमलव ५ र सवैभन्दा कम कर्णाली प्रदेशमा २८ दशमलव ७ प्रतिशत रहेको तथ्यांक कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले जानकारी दिए ।

कृषिगणनाको नतिजाले ६२ प्रतिशत घरपरिवार कृषिकार्यमा संलग्न रहेको देखाएको छ । कार्यालयका अनुसार कृषि परिवारमा रहेका कूल वयकपुरुषमध्ये ४२ दशमलव ९ प्रतिशत वयस्क पुरुषको कृषि जग्गामा स्वामित्व रहेको छ भने महिलाको हकमा उक्त प्रतिशत २० दशमलव ८ प्रतिशत मात्रै रहेको छ ।

कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले दीगो विकास लक्ष्यमा कृषि जग्गामा समानताको विषय सूचकको रुपमा राखिएकाले जनगणनामा उल्लेख गरिएको बताए । उनले सन २०३० सम्म ४० प्रतिशत महिलाको पहुँच पुर्याउने लक्ष्य सरकारको रहेको र त्यस नजिक पुगेको दावी गरे । उनले नेपाल जीवनस्तर मापन सर्वेक्षण जनवरीको दोश्रोहप्तासम्म सार्वजनिक गरिने जानकारी दिए । सर्वेक्षणका आधारमा नेपालका गरिवीको सूचक सार्वजनिक हुने उनले बताए ।


प्रतिक्रिया