`

एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इन्डोनेसियामा अवतरण, थप दुई डुङ्गा समुद्रमा

Nepal One HD १६ मंसिर २०८० १९:१६
विश्व

इन्डोनेसिया – इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा शनिबार महिला र बालबालिकासहित १०० भन्दा बढी रोहिङ्ग्या शरणार्थी अवतरण गरेको अधिकारीहरूले बताएका छन् ।संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) का अनुसार म्यान्मारका अधिकांश मुस्लिम रोहिङ्ग्यामध्ये सयौँ अण्डमान सागरमा रहेका अन्य दुई डुङ्गामा फसेका छन् । सन् २०१५ यता इन्डोनेसियामा रोहिंग्याको सबैभन्दा ठूलो लहरका रुपमा रहेको आचेहमा गत महिना एक हजारभन्दा बढी रोहिङ्ग्या शरणार्थी अवतरण गरेपछि पछिल्लो आगमन भएको हो । म्यानमारमा रोहिङ्ग्याहरू अत्यधिक उत्पीडनमा परेका छन् र हजारौंले हरेक वर्ष जोखिमपूर्ण लामो र महँगो समुद्री यात्रा तय गर्न बाध्य हुन्छन् ।

प्रायः बङ्गलादेशबाट यात्रा शुरू गर्ने डुङ्गाहरू मलेसिया वा इन्डोनेसिया पुग्न कोसिस गर्छन् ।आफ्नो नाम डेलुरसाह बताउने १९ वर्षीय रोहिङ्ग्याका अनुसार उक्त समूहले नोभेम्बरको सुरुमा बङ्गलादेश छोडेको थियो र खतरनाक अवस्थामा समुद्रमा २० दिनभन्दा बढी समय बिताएको थियो । “हामी एउटै डुङ्गा लिएर यहाँ आएका हौँ । समुद्री बाटो निकै खतरनाक छ”, डेलुरसाहले भने, “इन्डोनेसियामा अवतरण गर्न पाउँदा म निकै खुसी छु ।

”यूएनएचसीआरले अण्डमान सागरवरपरका देशहरूलाई अन्य दुई डुङ्गाको इन्जिन बिग्रिएको र ‘उद्देश्यविहीन रूपमा बगिरहेको’ पत्ता लगाउन ‘आफ्नो सम्पूर्ण खोजी र उद्धार क्षमता द्रुत गतिमा परिचालन गर्न’ आग्रह गरेको छ । यूएनएचसीआरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यूएनएचसीआरले खाद्यान्न र पानीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेको छ र यदि मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा नल्याइयो भने आगामी दिनमा उनीहरूको मृत्युको ठूलो जोखिम छ ।”


प्रतिक्रिया