एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न सांसद सिंहको माग

अर्थ समाचार

काठमाडौ । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शंकास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् । आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे ।
“जुन कम्पनीको वार्षिक ४० अर्ब रुपैयाँभन्दा बढी आम्दानी छ, त्यो कम्पनी साढे छ अर्ब रुपैयाँमा कसरी बिक्री हुन्छ ? यो पत्याउन सकिन्न”, सांसद सिंहले भने । सन् २०१६ मा तत्कालिन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात साढे छ अर्ब रुपैयाँमा बिक्री गरिएकोप्रति उनले शंका व्यक्त गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया