`

इपिएस २०२४ को कोटा २०२३ मा नै खोलिएको विरोधमा युवाको प्रदर्शन

Nepal One HD २५ मंसिर २०८० १४:३७
अर्थ समाचार

काठमाडौ । इपिएस नेपालको २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् । २०२४ सुरु हुन २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरुले ललितपुरको ग्वार्कोस्थीत इपिएस कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् । इपिएस परिक्षा दिएर बसेका युवाहरुले सीप बिल्डिङ परिक्षामा असफल विद्यार्थीहरुले म्यानुफ्याक्चरको परिक्षामा सहभागी गराउन समेत माग गरेका छन् ।

बाँकेबाट आएका युवा प्रदीप बुढाथोकीले २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएकाले विरोध गर्न बाध्य भएको बताए । उनले आफुहरुको माग सुनुवाई नभए अनसन लगाएतका आन्दोलन अघि बढाउयने चेतावनी पनि दिए ।

प्रदर्शनमा सहभागीहरुले युवाको रोजगारीको सुनिश्चितता गर, इपिएसको मनोमानी बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया