`

चलचित्र ‘राजमहल’को घोषणा

Nepal One HD ६ पुष २०८० १०:२८
मनोरञ्जन

काठमाडौँ । नेपाली चलचित्र ‘राजमहल’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। चलचित्रमा दरबारको कथा समेटिएको निर्माण टिमले जनाएको छ।

सुरूवाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिए पनि औपचारिक रूपमा चलचित्रको टाइटल ‘राजमहल’ राखिएको छ। सबिनकुमार तोलांगीको डेब्यस् निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहनेछिन्।
आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाएको छैन।

चलचित्रमा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा खेल्दैछन्। मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले पनि यसै चलचित्रबाट चलचित्रमा डेब्यू गर्दैछन्।


प्रतिक्रिया