`

चूडामणि शर्मालाई विशेषले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएको भन्दै अख्तियार सर्वोच्चमा

Nepal One HD ११ पुष २०८० १७:४४
प्रमुख खबर

काठमाडौं । आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक तथा कर फर्स्योट आयोगका तत्कालीन सदस्य चूडामणि शर्मालाई विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा शर्माले सफाइ पाएका थिए । तर विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार सर्वोच्च गएको हो ।

२०४५ साल साउन २३ गते सार्वजनिक सेवा प्रवेश गरेका शर्माले २९ मंसिर ०७३ मा सम्पत्ति विवरण पेस गर्दा तीन करोड ६३ लाख ७२ हजार नौ सय ६१ रुपैयाँ आम्दानी देखिन्छ। खर्च तथा लगानी सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ देखिएको अख्तियारको दाबी छ।


प्रतिक्रिया