नेपथ्यको ‘पचासै वर्षमा’

मनोरञ्जन

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक गरेको छ । शुक्रबार नेपथ्यको युट्युब च्यानलमार्फत ‘पचासै वर्षमा’ गीत सार्वजनिक गरिएको हो ।
गीतमा पचास वर्षको अन्तरालमा मानिसले के कस्ता परिवर्तन देखे भन्ने कुरालाई प्रस्तुत गरिएको छ । यो गीत नेपथ्य ब्यान्डलाई व्यवस्थापन गर्दै आएको नेपालयको स्टुडियोमा रेकर्डिङ गरिएको हो । त्यसका लागि प्राविधिक हिसाबबाट साउन्ड इन्जिनियर इमनविक्रम शाहले सघाएका छन् । गीतलाई नवीन जोशीले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट