`

राष्ट्रिय सभा सदस्य निर्वाचन– भागबण्डामा एमालेलाई समेत सहभागी गराउन कांग्रेस माओवादी सकारात्मक

Nepal One HD १८ पुष २०८० १३:३०
निर्वाचन विषेश

काठमाडौ । सत्तारुढ प्रमुख दलहरु कांग्रेस र माओवादी प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि राष्ट्रिय सभामा केही सिट दिन सकारात्मक देखिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी–कांग्रेसले यसमा सकारत्मक धारणा बनाएका हुन् । आजै दिउँसो ४ बजे सत्तारुढ दलको बैठक बस्ने र त्यसको निष्कर्ष पछि मात्रै एमालेसँग छलफल गर्ने बताइएको छ ।

कांग्रेस माओवादीको छलफलमा कति सिट एमालेलाई दिने भन्नेमा चैं टुंगो लागेको छैन । सत्ता गठबन्धनमा आवद्ध साना दलले समेत राष्ट्रिय सभा सदस्यमा दावी गरेपछि सिट बाँडफाँड जटिल बनेको छ ।


प्रतिक्रिया