`

नेकपा एसमा राष्ट्रियसभा सदस्य उम्मेदार छनोटको अधिकार ३ नेतालाई

Nepal One HD २१ पुष २०८० १६:५१
निर्वाचन विषेश

काठमाडौ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित ३ नेतालाई दिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य उम्मेदवार छटनोटको जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिने निर्णय गरेको हो ।

उम्मेदार छनोटको निश्चित मापदण्ड बनाई उममेदनारको नामावली टुंगो लगाउने विषयमा सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाउने निर्णय भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया