`

चितवनमा बोरामा भेटिएका दुई शवको सनाखत

Nepal One HD २३ पुष २०८० १३:४४
समाचार

चितवन । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई वटा शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो । मृतकहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतक दुवै जना भारतीय नागरिक हुन् ।

चितवनभन्दा बाहिर हत्यापछि भरतपुरमा ल्याएर शव फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यसको अनुसन्धान गर्न प्रहरीको टोली भारत पुगेको छ। यसमा संलग्न व्यक्ति पनि भारतीय नागरिक नै रहेको प्रहरीले जनाएको छ ।

पुरूष र महिलाको शव बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेको थियो । लामो समयसम्म पनि पहिचान नखुलेपछि प्रहरीले उनीहरूको स्केच पनि बनाएर सार्वजनिक गरेको थियो।


प्रतिक्रिया