`

नदी तर्न नसकेर टापुमा फसेका बस्तुभाउलाई निकालियो

Nepal One HD २९ पुष २०८० ९:२१
विश्व

सर्बियामा ड्यान्यूब नदीको एउटा टापुमा २०० बस्तुभाउ फसेका छन् । सो टापुमा फसेका गाईबस्तु, बाछा र घोडाहरु उद्धार गर्न थालिएको बीबीसीले जनाएको छ।बेल्ग्रेडबाट पश्चिमोत्तर भागमा अवस्थित क्रिसेजिन टापुमा चर्न गएका गाईबस्तु, बाछा र घोडाहरू गत साता नदीमा पानीको तह बढेपछि त्यहाँ अलपत्र परेका थिए।

।त्यहाँ कठ्याङ्ग्रिने जाडो बढ्न थालेकाले बाँकी बस्तुभाउलाई चाँडै जीवितै उद्धार गर्नुपर्ने चुनौती छ।


प्रतिक्रिया