टाइगर कप भलिबलको महिलातर्फ एपिएफसँग पराजित हुँदै गण्डकी बाहिरियो


पोखरा । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा लिग चरणमा दुबै खेलहरुमा पराजित हुँदै गण्डकी प्रदेश भलिबल संघको महिला टोली प्रतियोगिताबाट बाहिरिएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेश्रो दिनको पहिलो खेलमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब संग ३–० सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । डिफेन्डिङ च्याम्पियन एपिएफले २५–१६, २५–९ र २५–१७ ले गुमायो ।
खेलमा यो जित संगै एपिएफ ग्रुप बी बाट ५ अंकका साथ शिर्ष स्थानमा रहेको छ । एपिएफले नेपाल पुलिस संग ३–२ ले जितेको थियो । यता सोही समुहमा ४ अंकका साथ नेपाल पुलिस क्लब दोश्रो स्थान रहदै सेमिफाइनल प्रबेश गरि सकेको छ ।
दोश्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लबले पाहुना टोली हरियाणा पुलिस क्लबको सामना गरिरहेको छ । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र श्रीलंका आर्मी टिमका बिच र दोश्रो खेल हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघ बिच हुने छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।