`

मुम्बईको २२ तले भवनमा भीषण आगलागी

Nepal One HD ७ माघ २०८० ७:११
विश्व

भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्तित भवनमा आगलागी भएको हो ।

घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचवटा दमकल सहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम शुरु गरेको जानकारीमा आएको छ ।


प्रतिक्रिया