यू– १९ विश्वकपः नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै

खेलकुद

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
यू–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्ड तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघिका दुवै खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको छ।
नेपाली यू-१९ टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट