भारतबाट उज्वेकिस्तान हुँदै मस्कोका लागि उडेको चार्टर्ड विमान अफगानिस्तानमा दुर्घटना
विश्व
काठमाडौं । भारतबाट उज्वेकिस्तान हुँदै मस्कोका लागि उडेको चार्टर्ड विमान अफगानिस्तानको बदख्सान प्रान्तमा दुर्घटनाग्रस्त भएको छ । समाचार एजेन्सी रोयटर्सले जहाजमा कम्तीमा ६ जना सवार रहेको अनुमान गरिएको जनाएको छ । रुसी उड्डयन अधिकारीहरूका अनुसार यो सन् १९७८ मा निर्मित फ्रान्सेली निर्मित दासल्ट फाल्कन १० जेटमा भारतबाट उज्वेकिस्तान हुँदै मस्को जाँदै गरेको चार्टर एम्बुलेन्स उडान थियो ।
भारतको नागरिक उड्डयन मन्त्रालयले यो विमान ‘भारतीय अनुसूचित विमान वा गैर अनुसूचित चार्टर विमान’ नभएको स्पष्ट गरेको छ। यो मोरक्कोमा दर्ता भएको सानो विमान भएको बताएको छ । प्रहरीले दुर्घटनाको कारण वा हताहतीको पुष्टि गर्न बाँकी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
