गाजामा २५ हजार प्यालेस्टिनीको मृत्यु

विश्व

गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर७ मा युद्ध शुरु भएदेखि २५ हजार भन्दा बढीको मृत्यु भएको बताएको छ ।
गाजाको स्वास्थ्य अधिकारीहरूबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएचए) ले इजरायली आक्रमणका कारण ६२ हजार छ सय ८१ प्यालेस्टिनीहरू घाइते भएका जनाएको छ ।
यी आक्रमणहरू इजरायलमा हमास नेतृत्वको आक्रमणको प्रतिक्रियामा थिए । जसको परिणामस्वरूप लगभग १ हजार २ सय जनाको मृत्यु भएको छ भने करिव २ सय ५० जना बन्धक बनाइएका छन् ।
तीन महिनाभन्दा बढी लामो समयदेखि जारी तीव्र बमबारीपछि गाजाका क्षेत्रमा मनावीय आवश्यकता प्रकाश पार्दै ओसिएइचएले गाजामा अहिले १५ वटामात्र बेकरीहरू सञ्चालनमा रहेको बताएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट