युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटना, ६५ जनाको मृत्यु


बीबीसी । रुसको युक्रेनसँग सीमा जोडिएको दक्षिणी बेल्ग्रड क्षेत्रमा एउटा जहाज दुर्घटना भएको छ । मस्कोले जनाए अनुसार रुसी इल्यूशिन–७६ सैन्य ढुवानी जहाज दुर्घटनामा परेको हो । रुसी रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन् ।
रिया नोभोस्ती न्यूज एजेन्सीका अनुसार उक्त जहाजमा ६ जना चालक दलका सदस्यसहित युक्रेनी युद्धबन्दीबाहेक अन्य ९ जना पनि यात्रारत थिए । क्षेत्रीय गभर्नर भ्याचिस्लाभ ग्लाडकोभले उनलाई घटनाबारे जानकारी भएको बताए। तर उनले थप विवरण दिएनन् ।
उक्त जहाजमा रहेका व्यक्ति बारेका कुनै पनि विवरणहरूको स्वतन्त्र रूपमा पुष्टी गर्न सकिएको छैन । युक्रेनी सैन्य कार्यालयलाई उदृत गर्दै प्राभदा वेबसाइटले लेखे अनुसार उक्त जहाजले रुसको एस–३०० हवाई सुरक्षा प्रणालीका निम्ति क्षेप्यास्त्र ढुवानी गरिरहेको थियो।
त्यसमा युक्रेनी युद्धबन्दीहरू रहेकोबारे केही पनि उल्लेख छैन । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनलाई दुर्घटनाको बारेमा जानकारी रहेको बताए। उनले विस्तृत विवरण दिन अस्वीकार गरे।