`

युरोप पठाइदिन्छु भन्दै ६०० जनाभन्दा बढीबाट करोडौं रकम ठग्ने पक्राउ (भिडियो सहित)

Nepal One HD १८ माघ २०८० १४:२१
अपराध

काठमाडौँ / प्रहरीले युरोप पठाउने भन्दै ६ सय भन्दा धेरै सर्वसाधारणबाट करौडौ रकम ठगी गर्ने एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै ललितपुर कोन्जोसोम घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

तामाङले काठमाडौँको बालाजु चोक स्थितमा यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगाएतका देशहरुमा पठाईदिन्छु भनि ६ सय भन्दा धेरै सर्वसाधारण व्यत्तिःहरुबाट करौडौ रकम ठगी गरेको डिएसपी अनिल घिमिरेले जानकारी दिए । उनले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर बसुन्धारामा ५० लाख लगानी गरेको, ३५ लाखको हुण्डाई क्रेटा गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए ।

बैदेशीक रोगजार विभागका अनुसार हालसम्म ७० जनाको मुद्धा दर्ता भइ रु ३ करोड २५ लाख २२ हजार रुपैया बिगो देखिएको र अन्य मुद्धा दर्ताका क्रममा रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया