`

खेलकुद बिकासका लागि तीनै तहका सरकारको सहकार्य आवश्यक– रक्षामन्त्री

Nepal One HD १८ माघ २०८० १६:४६
खेलकुद

ललितपुर । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको बिकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् । बिहीबार ललितपुरमा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता उद्घाटन गर्दै खड्काले खेलाडीहरुको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको बिकासका लागि तीनै तह मिलेर काम गर्नुपर्ने बताएका हुन् ।
मुलुकको नाम राख्ने खेलाडीहरुको उत्पादन जरुरी रहेकाले खेलाडीहरु लगाएत पूर्वाधारको बिकासका सरकारले बिशेष ध्यान दिने उनले बताए ।

उनले सरकारको बजेट निर्माणका क्रममा पनि खेल क्षेत्रलाई बिशेष ध्यान दिनुपर्ने धारणा राखे । नेपाल कराते महासंघको तत्वाधन एवं.जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सुरु प्रतियोगीतामा प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब गरी १० टिमका २ सय बढि खेलाडीहरुको सहभागीता रहेको छ । टिम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने पुरुष/महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया